
नेपाल आयल निगमले पेट्रोलियम सबै पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । अन्तराष्ट्रिय बजारमा पेट्रोलिय पदार्थको मूल्य बढेपछि नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गरेको हो । बढेको मूल्य आज राती १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।
निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेमा प्रतिलिटर ३ रुपैैयाँ, हवाई इन्धन आन्तरिक तर्फ प्रतिलिटर ५ रुपैयाँ, अन्तराष्ट्रिय तर्फ प्रति किलोलिटर १ सय डलर र खाना पकाउने ग्यासमा प्रति सिलिन्डर २५ रुयैयाँ वृद्धि गरेको छ ।
बढेको मूल्य पश्चात पेट्रोल प्रतिलिटर एक सय रुपैयाँ, डिजेल प्रतिलिटर ७७ रुपैयाँ, हवाई इन्धन आन्तरिक तर्फ प्रतिलिटर ८७ रुपैयाँ र हवाई इन्धन अन्तराष्ट्रिय तर्फ प्रति किलोलिटर ८५० डलर र खाना पकाउने ग्यासमा प्रति सिलिन्डर १३ सय ५० पु¥याएको छ ।
merolagani
Facebook Comments