
नरेन्द्र साह रौतहट, २३ मंसिर । रौतहटको क्षेत्र नम्बर १ मा राजपा नेपालका उम्मेदवारले अग्रता लिएको छ । राजपा नेपालका उम्मेदवार अनिलकुमार झाले नेपाली कांग्रेसका कृष्ण यादवसँग अग्रता कायम गर्नुभएको हो । राजपाका झाले १५ हजार ६ सय २८ मत ल्याएका छन भने कांग्रेसका कृष्ण यादवले ११ हजार ५ सय ४५ मत प्राप्त गरेका छन् । बाम गठबन्धनका सत्यनारायण भगतले ७ हजार ४ सय १० मत पाएका हुन यस संगै फोरम नेपाल र राजपा नेपालका साझा उम्मेदवार अनिल झा निर्वाचित भएका छन् ।
Facebook Comments