Loading...
२०६४, २०७० गर्दै अहिले फेरि तेस्रो पटक माओबादी केन्द्रका प्रभु साह बिजयी

नरेन्द्र साह,रौतहट,मंसिर २४ ,रौतहटको क्षेत्र न ३मा बामबगठबन्धनका प्रतिनिधि सभाको उम्मेदवार प्रभु साह ९५९५ मतान्तरले बिजय हुनु भएको छ। नवनिर्वाचित साहले २७७९९मत प्राप्त गरि बिजय हुनु भएको हो । उहाँको निकटका प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका सुनिल यादवले १८०६् ,र रा ज पा नेपालका ओमप्रकाश साहले १४६५८मत ल्याउन सफल भएका छन् । बर्तमान सरकारका मत्री समेत रहेका साह क्षेत्र ३मा ह्याट्रिक मार्ने उम्मेदवार हुन। मन्त्री साह यस क्षेत्रबाट २०६४,२०७० र यसपालि गरी तेस्रो पटक जित हासिल गर्ने एक मात्र नेता हुन् । यसपालि भएको चुनावमा रौतहट जिल्लाबाट नौ हजार् पाँच सय ९५ माध्यन्तरले जित्ने पहिलो नेता हुन् । उहाँ सँगै विधायक उम्मेदवार कुन्दन कुशवाहा र नागेन्द्र यादव पनि विजय भएका छन् । बाम दलको एक मात्र विजयी उम्मेदवार प्यानेल सँगैको यो जीतले सर्मथकहरु उत्साहित भएका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *