
सर्लाही, २५ मंसिरः सर्लाही निर्वाचन क्षेत्र २ बाट राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादव विजय हुनु भएको छ । उहाँ भारी मत अन्तरले विजय हुनु भएको हो । यादवका निकटतम प्रतिद्धन्दी जंगिलाल राय यादवलाई पराजित गर्दै विजय हुनु भएको हो ।
उनी २९ हजार १ सय ९१ मत ल्याएर प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका हुन् । काङ्ग्रेसबाट उम्मेदवार बनेका जंगीलाल राय १८ हजार ९ सय ७६ मत ल्याउँदै पराजित भए ।
Facebook Comments