Loading...
गच्छदारको गद्दारी सुरु, विवादपछि सुरक्षा व्यबस्था झनकडा, अधिकृत फेर्न भगवतीको माग

प्रेम गिरि, सनुसरीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ को मतगणना रोकिएको छ । मतगणनाका क्रममा बदर मतलाई सदर गरिएको भन्दै वाम गठबन्धनले मतगणना कार्य बहिस्कार गरेपछि मतगणना रोकिएको हो । वाम गठबन्धनबाट उम्मेदवार बनेकी एमाले नेतृ भगवती चौधरीका प्रतिनिधि विनोदकुमार चौधरीले मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीमा पत्र लेखि सदर गरिएको बदर मत नघटाएसम्म मतगणना सुचारु हुन नसक्ने उल्लेख गरेका छन् ।
२९६, ३२१, ३४६, ३७१ र ३९६ नम्बर का मतपेटिकामा रुख चिन्हमा मतदान गरेको मतपत्र अर्धकट्टी सहित भेटिएको तथा औंठा छाप लगाएको पाइएकोमा त्यस्तो मतलाई पनि कांग्रेसको पक्षमा जोडिएको पत्रमा उल्लेख गरिएको छ । मतगणना अधिकृतको मिलेमतोमा बदर मतलाई समेत कांग्रेसको पक्षमा जोडिएकाले बदर मत घटाएर मतगणना अधिकृत परिवर्तन नगरेसम्म मतगणना सूचारु गर्न नसकिने पत्रमा उल्लेख गरिएको छ । यस क्षेत्रमा सुरुदेखि नै एमाले उम्मेदवार भगवती चौधरीले अग्रता कायम गरेकोमा पछिल्लो समय कांग्रेस उम्मेदवार विजयकुमार गच्छादारले मतअन्तर छोट्याउँदै लगेका छन् । सर्वाधिक चासोको विषय बनेको सुनसरी क्षेत्र नं. ३ को मतगणना स्थगित भएको छ । सुनसरी सदरमुकाम इनरुवास्थित जिल्ला समन्वय समितिको हलमा गणना भइरहेको बेला नौ वटा अर्धकट्टी सहितको मतपत्र फेला परेपछि मतगणना स्थगित भएको हो । १ सय ५५ मतको अन्तरले विजय गच्छदारभन्दा अगाडि रहेकी बाम गठबन्धन एमालेकी उम्मेदवार भगवती चौधरीले कांग्रेसको पक्षमा अर्धकट्टी सहितको मतपत्र फेला परेपछि …विवाद समाधान गर्न अहिले बामगठबन्धन र कांग्रेस वीच आन्तरिक वैठक बसिरहेको छ । जिल्ला निर्वाचन कार्यालय सुनसरीका अनुसार केही प्राविधिक समस्या देखिएको र केही समय पछि मतगणना सुचारु हुने जनाएको छ । विवादपछि मतगणना स्थलमा सुरक्षा व्यबस्था झन कडा पारिएको छ । ८५ हजार १ सय ९७ मत खसेकोमा पछिल्लो मत परिणाम अनुसार चौधरीको २९ हजार ३ सय २६ र गच्छदार २९ हजार १ सय ७१ मत प्राप्त गरेका छन् । 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *