Loading...
रौतहटमा राजपाका नेता अनिल झाको विजय जुलुसमा नेता-कार्यकर्तादेखि जनता पनि रंगिए
 नरेन्द्र साह,रौतहट , मंसीर २५। रौतहट क्षेत्र नं. १ बाट निर्वा्चित हुनुभएका राजपा नेता अनिल झाले नवनिर्वाचित विधायक सहित नेता कार्यकर्ता विजय जुलुस निकालेका छन् । आइतवार हजारौं जनताका सहभागिता र सयौं भन्दा बढि चार चक्का र बाजागजा सहित निकालिएको जुलुस सदरमुकाम गौर नगर परिक्रमा गर्दै क्षेत्र नं. १ मा परिक्रमा गरेको छ । क्षेत्र नम्बर १ क्षेत्रबाट राजपा का अनिल झा र १ को क र ख बाट क्रमश बाबुलाल साह र योगेन्द्र यादव विजयी हुनु भएको छ । झा २१ हजार ४७२ मत ल्याएर बिजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका कृष्ण यादवले १५ हजार ८७४ मत ल्याउनुभएको छ । त्यसैगरी रौतहटको निर्वाचन क्षेत्र नम्वर १ को क मा राजपाका वावुलाल साहले १० हजार ५ सय २४ मत ल्याउनुभएको छ भने नेकपा एमालेका भिखारी यादवले ७ हजार २ सय १० मत छ । सोहि निर्वाचन क्षेत्रको ख मा भने संघिय समाजवादी फोरमका योगन्द्र रायले ८ हजार ९ सय ५७ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका राजेश चौधरीले ६ हजार ६ सय ९७ मत ल्याउनुभयो । विजय भएका नेता झा को जुलुसमा नवनिर्वाचित विधायक द्धय बाबुलाल साह, योगेन्द्र राय यादव सहित जिल्लाका चर्चितनेता, कार्यकर्ता तथा निकटतम पत्रकारहरुको हर्षोउल्लासका साथ सहभागिता रहेको थियो ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *