Loading...
कांग्रेसको विजयी जुलुसमा काङ्ग्रेस र फोरम नेपालबीच झडप, ३ राउण्ड हवाइ फायर

नरेन्द्र साह,रौतहट २४ मंसिर, । रौतहटको क्षेत्र नं. २ को राजपुर नगरपालिकामा नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका समर्थक, कार्यकर्ताबीच झडप भएको छ । कांग्रेस उम्मेदवार मोहम्मद अफ्ताव आलमको विजय जुलुसका क्रममा संघीय समाजवादी फोरमका कार्यकर्ता, समर्थकबीच झडप भएको हो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड हवाई फायर गरेको छ । दर्जनौं सेल अश्रुग्यास समेत प्रहार गरेको छ । स्थितिलाई नियन्त्रणमा लिन जिल्लाबाट थप प्रहरी टोली त्यहाँ पठाइएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ।बिस्तृत विवरण आउन बाकी छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *