Loading...
टिकट वितरणपछि असन्तुष्ट बनेका रौतहटको प्रभावशाली युवा नेता दासद्वारा राजपा परित्याग

नरेन्द्र साह,रौतहट । मंसिर २७ गते । राजपा नेपालको केन्द्रिय सदस्य राज कुमार दासले पार्टी परित्याग गरेका छन । दासले समाजिक संजाल फेसबुक मार्फत पार्टीको साधारण सदस्य पद बाट राजिनामा दिएको जानकारी गराएका छन प्रतिनिधीसभा र प्रदेशसभा चुनावमा पार्टीले टिकट वितरणमा पार्दर्शिता नदेखाएपछि उनि बिरोध जनाउदै आएका थिए । पार्टीको तर्फबाट प्रदेश सभामा उम्मेदवार बनेका पूर्व प्रहरी आईजीपी प्रदिप सम्सेर जबरालाई साथ नदिई दास बागी उम्मेदवार फूलबाबुको समर्थनमा लागेका थिए । फूलबाबुको प्रदेशमा जीत भए लगतै नैतिकताको आधारमा उनले राजिनामा दिएको बुझिन्छ । केही समय अघि राजपा जिल्ला संयोजक शेख जमसैदले प्रेस विज्ञप्ती निकाल्दै बागी उम्मेदवार फूलबाबु र राज कुमार दासलाई कार्यवाहीको लागि केन्द्रीय कमिटिलाई सिफारिस गरिएको जनाएका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *