
नरेन्द्र साह,रौतहट मंसिर २६, कटहरिया को क्षेत्र न ३ बाट प्रतिनिधी सभाको लागि विजय हुनु भएका बाम गठबन्धनका प्रभावशाली नेता एवं सरकारका मन्त्री प्रभु साह र उहाँ सँगै प्रदेस सभा ३ को ख मा विजय हुनु भएका प्रदेश सभा सदस्य एवं विधायक नागेन्द्र यादव लाई सो क्षेत्रमा पर्ने कटहरिया नगरपालिकाका स्थानीय बासिन्दाहरुले ५१ किलो को ामला लगाई स्वागत गर्नुको साथे बधाई र शुभकामना दिएका छन् । ,सोमवार एक कार्यक्रमका बिच उत्साहित स्थानीय बासिन्दा हरुले अबिर माला सहित स्वागत गरेका छन । कार्यक्रममा क्षेत्र नं।३ का बुधिजीवी सहित कटहरिया नगरपालिकाका गणमान्य व्यक्ति विषेसको सहभागिता रहेको थियो । दर्शकलाई मनोरन्जन गराउन सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो । सो क्षेत्रबाट बाम गठबन्धनका प्रतिनिधि सभाको उम्मेदवार प्रभु साह ९५९५ मतान्तरले बिजय हुनु भएको हो । नवनिर्वाचित साहले २७७९९मत प्राप्त गरि बिजय भएका छन् । उहाँको निकटका प्रतिद्वन्दी नेपाली काङ्ग्रेस का सुनिल यादवले १८०६् ,र रा ज पा नेपालका ओमप्रकाश साहले १४६५८मत ल्याउन सफल भएका छन् । बर्तमान सरकारका मत्री समेत रहेका साह क्षेत्र ३मा ह्याट्रिक मार्ने उम्मेदवार हुन। मन्त्री साह यस क्षेत्रबाट २०६४,२०७० र यसपालि गरी तेस्रो पटक जित हासिल गर्ने एक मात्र नेता हुन् । यसपालि भएको चुनावमा रौतहट जिल्लाबाट नौ हजार् पाँच सय ९५ आन्तरले जित्ने पहिलो नेता हुन् । उहाँ सँगै विधायक उम्मेदवार कुन्दन कुशवाहा र नागेन्द्र यादव पनि विजय भएका छन् । बाम दलको एक मात्र विजयी उम्मेदवार प्यानेल सँगैको यो जीतले सर्मथकहरु उत्साहित भएका छन
Facebook Comments