Loading...
सातजना ग्राहकसंग भिराएर आन्टीले भन्छिन -“पैसा फ़ाइनान्समा हालिदिएको छु” एकैचोटी लेउ

बालबालिका माथि भइरहेकाे याैनशाेषण र समाजमा डर लाग्दो घातक रोगसरि फैलिदै गैरहेको बाल याैनशाेषण तथा बिकृति बालवालिकाकाे हक र अधिकारका निम्ति सरकार, विभिन्न संघसंस्था, संचार माध्यमहरू, समुदाय, अभिभावक र बालबालिका सबै एकजुट भएर लाग्नुपर्ने समाजिक अभियन्ताहरूले बताएका छन् । व्यावसायिक यौनशोषणसम्बन्धी स्पष्ट कानुन नबन्दा बालबालिकाहरू समस्यामा परकाे छन् भने सरकार पक्षबाट खासै चासो नदिएको कारण यस्ता क्रिया कालाप दिनानु दिन बढ्दै गएको छ । महिला तथा बालबालिका मन्त्रालयको प्रतिवेदनअनुसार उपत्यकाभित्रका व्यावसायिक यौनकर्मीमध्ये ४० प्रतिशत १८ वर्षमुनिका किशोरी छन्। प्रहरी प्रधान कार्यालयको महिला तथा बालबालिका सेवा निर्देशनालयको तथ्यांकअनुसार आव ०७३/७४ मा मात्रै ११ सय ३१ बालबालिका यौनहिंसामा परका छन्

बालवालिका याैनशाेषण न्यूनीकरण गर्न सिपमुलक तालिम, व्यवसायिक सहयाेग, मनाेवैज्ञानिक परामर्श, शिक्षा, जनचेतना, कानून, परिवारसँग पुनःमिलन लगायत अावश्यकता रहेका छन् । ‘घरेलु झै–झगडाका कारण भागेर हिडेका, सडकमा रुमल्लिएका र मनोरञ्जन क्षेत्रका बालबालिका दैनिक यस्ता समस्या भोगिरहेका छन्। ‘यस्ता मुद्दा मानव बेचबिखन र अन्य ऐनकोसहारा लिएर लडिरहेका छौं, विशेष कानुन अभावले पीडितलाई न्याय र पीडकलाई सजाय हुन सकेकोछैन,’ अधिवक्ता अर्यालले भन्नुभयाे। नेपालमा यौन पर्यटन, बाल यौनमोह, बालवेश्यावृत्ति, बाल अश्लील चित्रण, फुटपाथेयौन व्यवसाय, बाल विवाह र जबरजस्ती विवाहमार्फत व्यावसायिक यौन शोषणका अभ्यास भइरहेका छन्। जबरजस्ती करणीका दोषीलाई कानुनले ३ वर्ष कैद र ३० हजार रुपैया जरिवाना तोकेको छ । यो सजाय पनि निकै कम भएको महान्यायाधिवक्ता किरण पौडेलले बताउनु भएको छ। अन्तर्राष्ट्रिय श्रम संगठन नेपालका अनुसार सडक बालबालिका मध्ये ३७ प्रतिशत बाल यौन दुराचारमा परका छन्। विश्व शिक्षाको तथ्यांकअनुसार नेपालमा ३२ हजार किशोरी व्यावसायिक यौन व्यवसायमा संलग्न छन्।

संचारकर्मीहरूलार्इ समान्नपत्र र पुरस्कार

यस्तै ‘बालबालिका माथि हुने व्यवसायिक याैनशाेषण-संचारकर्मीसँग अन्तर्क्रियात्मक कार्यक्रम’ मा ‘चेन्ज नेपाल’ संस्थाले बालवालिकाकाे क्षेत्रमा कलम चलाउने संचारकर्मीहरूलार्इ समान्नपत्र र पुरस्कार पनि वितरण गिरएककाे थियाे । बालबालिका सम्बन्धी समाचार सम्प्रेषण गरि समाजमा जनचेतना फैलाउन सहयाेग पुर्याउने संचारकर्मीहरू रूपा शर्मा ‘नेहा’, फातिमा बानु, वासुदेव ,विनिता सुवेदी, लक्ष्मी बस्नेत लगायतलार्इ चेन्ज नेपालले सम्मानपत्र वितरण गरेकाे छ ।
कार्यक्रममा नेहा शर्माले अाफ्नाे अनुभव र पत्रकारिता क्षेत्रका चुनाैतीहरूमा अाफ्नाे मन्तव्य राख्दै ‘ जुनबेला मैले पत्रकारीता सुरु गरे त्यो समय पत्रकारीतामा महिलाको सहभागिता अत्यन्तै कम थियो । महिलाले काम सुरु गरेपनि बीचमै छाड्ने गर्थे । पत्रकारीता पुर्ण रुपमा व्यवसायिक भईसकेको थिएन । महिलाले गर्ने कामलाई मिडिया हाउसले पत्याउदैनथ्यो । काम गरेको पारिश्रमिक पनि पाउने अवस्था थिएन । छोरी मान्छे विहानै घरबाट हिड्ने अनि राति अवेर फर्कदा छिमेकिले समेत शंकाको दिष्टिले हेर्ने गर्थे ।’
एक बालिका को उदाहरण दिदै पत्रकार शर्माले भनिन -“१४ बर्षको बच्चालाइ यस कार्यमा लगाएको देखेर म अचम्मित भएको छु । उनले थपिन १४ बर्षको बालिकालाइ यस क्षेत्रमा लगाइन्छ, पैसा दिनु कता कता फ़ाइनान्समा राखी दिएको छु भनेर समेत शोषण गरेको पाए ।
कोरीयन संग विहे गर्ने नेपालि महिलाको दर्दनात्मक कथालाई कोरीयानै पुगेर अनुसन्धान गरे । उनिहरुलाई विभिन्न प्रलोभनमा पारी विवाहको नाममा वेचविखन गर्ने नेपाली दलालहरुको म्यारिज व्युरो कम्पनिहरुमा पुगि त्यहाँ भित्र लुकेका कुरा बाहिर ल्याए । यो समाचार हिमाल खवरपत्रिकामा छापिएपछि म ति दलालहरुको तारो बन्न पुगे । फोनबाट ज्यान मार्ने धम्कि आयो । अरुको समाचार लेख्ने म आफै समाचार बन्न पुगे ।
त्यहि घटनाले गर्दा एकदिन मेरो ३ कक्षामा पढ्ने छोरालाई स्कुलबाटै अपहरणको प्रयास भयो । त्यसपछि मैले छोरालाई १ महिना स्कुल पठाईन र आफु बसिरहेको ठाँउनै परिवर्तन गरी अन्तै डेरा सरेकाे लगायत अन्य चुनौति र अनुभव पत्रकार शर्माले बताउनुभयाे ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *