Loading...
मधेशी जनताका माग अनुशार प्रदेश सरकार निर्माणसगै फोरम र राजपाबीच पार्टी एकता हुने

मधेस गठबन्धनमा आबद्ध संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) पार्टी एकताको लागि तयारीमा जुटेका छन् ।

निवार्चनमा दुईवटा पार्टिले प्रदेशसभा सदस्य प्रदेश नम्बर २ मा बहुमत सिटमा विजय हासिल गरको छ । प्रदेश सरकार निर्माण गर्नेको लागि उनिहरु पार्टि एकतामा जुटने भएको छ । दुईतीन दिनभित्रै अध्यक्षमण्डलका सबै सदसयसहित फोरम अध्यक्ष उपेन्द्र यादवलगायत अन्य पदाधिकारीहरु संग बैठक बसेर पार्टी एकताका लागि छलफल अघि बढाउने तयारी भएको जानकारी दिए ।

त्यसैगरी प्रत्यक्षतर्फ ६४ सिट रहेको यस प्रदेशमा मधेसी गठबन्धनले ३५ सिट जितेको छ । समानुपातिक निर्वाचनको परिणाम भने आइसकेको छैन । भने प्रदेश २ को प्रदेशसभा प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ गरी १०७ सदस्यीय हुन्छ ।यो प्रदेशमा सरकार निर्माण गर्ने विषयमा फोरम र राजपाबीच छलफल सुरु राजपा अध्यक्षमण्डल सदस्य राजकिशोर यादवले जानकारी दिएका छ ।

यी दुवै दलमध्ये बढी सिट जितेकालाई मुख्यमन्त्री लिने लगभग सहमति भइसकेको राजपाका एक नेताले जानकारी दिए । दुवै दलबीच प्रादेशिक सरकार गठन र पार्टी एकताका लागि औपचारिक संवाद सुरु भएको राजपा अध्यक्षमण्डल सदस्य यादवले जानकारी दिनु भएको छ । त्यसैगरी स्थानीय तह निर्वाचनप्रदेश २ मा फोरम र राजपा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा गठबन्धन बनाएर मैदानमा उत्रिएका थिए।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *