
प्रेम गिरि, निर्वा्चित भएपछि प्रमाण पत्र लिन पुगेका कांग्रेस नेता तथा उपप्रधान मंत्री बिजयकुमार गच्छदारलाई रोक्न पुगेका एमाले समर्थित नेता कार्यकर्ताको भिडलाई प्रहरीले रोकेपछि सुनसरीको इनरुवा बिहीवार दिनभरजसो तनावपूर्ण रह्यो । धाँधली गरेर हराएको भन्दै सुनसरी निर्वाचन क्षेत्र नम्वर ३ की एमालेकी उम्मेदवार भगवती चौधरी समर्थित हजारौ नेता कार्यकर्ताको भिडले इनरुवामा विरोध प्रर्दशन गरेको थियो ।
शक्तिको आडमा आफ्ना उम्मेदवारलाई हराइएको भन्दै आक्रोसित एमाले समर्थित कार्यकर्ताहरुको भिड निर्वाचन अधिकृतको कार्यालय तर्फ बढ्न खोजेपछि प्रहरीले उनिहरुलाई शान्तिचौकमै रोकेको थियो । बाक्लो सुरक्षा तैनाथीका बाबजुत एमाले कार्यकर्ताहरुले पटक पटक प्रहरीको घेरा तोड्न खोजेपनि प्रहरीले सम्यमता अपनाएको थियो । दजर्नौ सवारीका साधनमा आएका एमाले समर्थित कार्यकर्ता विरोध जुलुसमा भेला भएपछि भने उनिहरुले प्रहरीको घेरा तोडेका थिए । बिजय गच्छदारले निर्वाचन अधिकृतको कार्यालयबाट प्रतिनिधिसभा सदस्यमा निर्वा्चित भएको प्रमाणपत्र बुझेर फर्किन लागेको थाहा पाएपछि प्रहरीको घेरा तोडि अघि बढेको जुलुसलाई प्रहरीले बाक्लो घेरामा सुरक्षा दिएको थियो । सुरक्षाकर्मीले विरोध र्यालीलाई एकत्रित गर्ने प्रयास गरेर गच्छदारको सवारीलाई सुरक्षित रुपमा गनतब्य तर्फ पुर्याएको थियो । आक्रोशित भिडले सुनसरीका प्रहरी उपरीक्षक चढेको गाडीमाथि आक्रमणको प्रयास समेत गरेका थिए । तनाव र सामान्य घम्साघम्सी भएपनि अवस्था भने बिग्रन पाएन् । नाराजुलुस सहित निर्वाचन अधिकृतको कार्यालय पुगेका एमाले कार्यकर्ताहरुले कोणसभा गरी गच्छदार शक्तिको आडमा धाँधली गरेर चुनाव जितेकाले कानुनी न्याय खोजिने बताए । सुरुवात देखिको अग्रताका बाबजुत एमाले उम्मेदवार भगवती चौधरी बिजयकुमार गच्छदारसँग ३ सय २१ मतको झिनो अन्तरले पराजित हुनु भएको थियो।
Facebook Comments