Loading...
बराबर प्रतिनिधि सभा सदस्य पाएका फोरम-राजपामा को भए चौथो ठूलो दल? यसकारण फोरम ?

आज प्रतिनिधि सभा सदस्य तर्फको समानपातिक मतगणना सकिएको छ भने मधेश केन्द्रित दल राजपा र फोरम नेपालले प्रतिनिधि सभा सदस्य संख्या बरोबर पुर्याएका छन् । हाल राजपा र फोरममा १६/१६ जना सांसद संख्या कायम भएको छ । प्रत्यक्ष तर्फ १० सिट जितेको फोरम नेपालले समानुपातिकमा पाएको मतको आधारमा ६ वटा सदस्य थपेर १६ पुर्याएका छन् भने प्रत्यक्ष तर्फ ११ सिट जितेको राजपा नेपाल समानुपातिकमा पाएको मतको आधारमा ५ वटा सदस्य थप्ने भएको छ । अर्थात फोरम नेपाल र राजपा को प्रतिनिधि सभा सदस्य संख्या १६ पुगेको छ ।

यसरी देशको चौथो पार्टी फोरम नेपाल नै भए

प्रतिनिधि सभा सदस्य बरोबर भएपनि प्रदेश सभा तर्फ फोरम र राजपाको संख्या ६ वटाले कम बढी भएको छ यस अर्थमा प्रदेश सभाको समानुपातिक मत फोरमको बढी आउने अनुमान गरिएको छ भने रास्ट्र सभामा समेत राजपा भन्दा फोरम नेपालको सदस्य बढी जाने भएको छ तसर्थ नेपालको चौथो ठूलो पार्टी फोरम नेपाल बन्न पुगेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *