
काठमाडौं पुस १ , नेपाल सरकारले हालै मन्त्रीपरिषदको बैठकबाट राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको आउदो पुस २७ गते मनाइने शुभ जन्मोत्सवलाइ मध्यनजर गर्दै सार्वजनिक विदा दिने निर्णय को विश्व हिन्दू महासंघ अन्तराष्ट्रियले भित्रि ह्दयदेखि नेपाल सरकार र सम्माननीय प्रधानमन्त्रीप्रति स-धन्यवाद ज्ञापन गर्दै सरकारको प्रस्तुत निर्णयको स्वागत गरेको छ ।
महासंघ अन्तराष्ट्रियका अध्यक्ष जरनल भरत केशर सिंहदवारा जारी प्रेस विज्ञप्तिमा पुष २७ गते नेपालमा राष्ट्रिय एकता दिवस मनाउने परम्परावादी निर्णय अक्षुण्ण राख्दै नेपाल सरकारले गरेको गौरवाशाली तथा राष्टवादी निर्णयले आज जनजनमा राष्ट्रियताप्रतिको दायित्वलाइ थप मजवुत बनाइको जिकिर गरिएको छ । त्यस्तै मुलुकमा राष्ट्रियताको जगलाइ संस्थागत गर्न र राष्ट्रप्रति आम नेपालीको भनोभावलाइ थप उजागरित गर्न राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्वीर अंकित मुद्रा समेतको प्रकाशनतर्फ नेपाल सरकारले पाइला बढोस भन्ने कामना गर्दै नेपाल सरकारप्रति धन्यवाद अभिव्यक्त गरिएको छ ।
Facebook Comments