Loading...
१८६बाट अब जम्मा ५ राष्ट्रिय पार्टी भएपनि ३ वटाले मान्यता पाए, फोरम र राजपा कता हराए ?

सरोज खिलाडी

मंशिर १० र २१ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा पाएको भोट वा मतको आधारमा अहिले नेपालमा जम्मा ५ वटा पार्टी मात्र राष्ट्रिय पार्टीको मान्यता पाएको छ । जति ठूलो पार्टी भएपनि मधेश केन्द्रित दललाइ क्षेत्र पार्टी भन्ने राप्रपा, जनमोर्चा लगायातका पार्टीहरु चुनाबमा भाग लिएपनि दम तोडेर मरेको सरह हराएको छ । र हाल तिन ठूला दल संगै संघिय समाजबादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल पनि राष्ट्रिय पार्टीको मान्यता पाएको छ ।

पहाडी एकात्मक सोच भएकाहरुले अहिले पनि फोरम र राजपालाइ मधेशी दल भन्छन

नेपालमा एउटा संस्कार छ मधेशबाट जन्मेको मान्छे होस् वा पार्टी वा समान नै उसले दुइ नम्बरको दर्जा पाउछ । अहिले पनि बिबेकशील, राप्रपा , जनमोर्चा जस्ता पार्टीलाइ पहाडी एकात्मक सोच भएकाहरुले राष्ट्रिय पार्टी भनिरहेका छन । भने फोरम र राजपालाइ मधिशे पार्टीको बिल्ला भिराइरहेको छ । जबकी फोरम नेपाल र राजपा हरेक दृष्टिकोणबाट राष्ट्रिय पार्टी भै सकेको छ । कोही कोहीले अहिले पनि ३ ठूला पार्टीलाइ मात्र रास्ट्रीय दलको रुपमा देखि रहेका छन् ।

अब नेपालमा ५ वटा मात्र पार्टी :

१. ने.क.पा. (एकीकृत माक्सर्वादी लेनिनवादी)
२. नेपाली काङ्ग्रेस
३. ने.क.पा. (माओवादी केन्द्र)
४. संघीय समाजवादि फोरम नेपाल
५. राष्ट्रिय जनता पार्टी नेपाल

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *