Loading...
यस्तो ट्रिक लगाएर बिजय गच्छदारले सुटुक्क भगबतीलाइ बाइ बाइ गर्दै हारको मज्जा चखाए

नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका विजयकुमार गच्छेदारसँग पराजित उम्मेदवार भगवती चौधरीले निर्वाचन परिणाम अस्वीकार गरेकी छन् सुनसरी क्षेत्र नम्बर ३ बाट उम्मेदवार चौधरीले षडयन्त्रपूर्वक गच्छेदारलाई जिताउने र आफूलाई हराउने काम भएको भन्दै परिणाम स्वीकार नगर्ने बताईन् ।

त परिणाम सार्वजनिक भए लगत्तै उनले इटहरीमा पत्रकार सम्मेलन गरेर गच्छेदारले कर्मचारीलाई पैसा खुवाएर निर्वाचन जितेको आरोप लगाइन् । ‘सत्ताको दुरुपयोग गरी सुनसरी ३ का जनताको आखाँमा छारो हाल्ने काम भएको छ,’ उनले भनिन्, ‘म जनताको मतको कदर गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको सहयोग लिने छु ।’

गच्छेदारसँग उनी ३ सय २१ मतले पराजित भएकी थिइन् । गच्छेदारले ३८ हजार ९७२ मत ल्याए भने चौधरीले ३८ हजार ६५१ मत पाइन् ।

एमालेबाट वाम गठबन्धनकी उम्मेदवार चौधरी मतगणनामा धाँधली भएको भन्दै सोमबारदेखि नै मतगणनास्थल बाहिरिएकी थिइन् । मतगणनाको अन्तिम परिणाम सुनाउँदै गर्दा समेत उनी मतदान स्थल थिइनन् ।

सिमरियास्थित जनता माध्यामिक विद्यालयको मतदान केन्द्रबाट कर्मचारीहरुले नै मत खसालेको तर, मतदान अधिृकत मौन बसेको उनले बताइन् । जनता माविमा ३ हजार १ सय ९१ मतदाता रहेका थिए ।

पत्रकार सम्मेलनमा चौधरीले धाँधली हुनुका कारणहरु यसरी बताइन्
– मतगणनास्थलमा अर्धकट्टीसहितको मत्रपत्र भेटिनु । भगवती त्यसको सिरियल नम्बर हेरौं भन्दा मतदान अधिकृत टीका घिमिरेले ‘यो सिरियल नम्बर हेर्ने कुरा संसारको कुन कानुनमा लेखेको छ देखाउनुस् भन्दै हेर्न नमान्नु ।

– मतदान अधिकृतले मतदान सकिएपछि मुचुल्का गर्न प्रयोग गरिने खाली कागज पत्र (केहि नलेखिएको) सहितको फायल भेटिनु ।

– मत पेटिका सिल गर्न प्रयोग गरिने दुई वटा सामग्री (स्टीकर जस्तो) मतगणनास्थल भन्दा बाहिर भेटिनु । जसलाई काटेर प्रयोग गरिन्छ र प्रयोग गरिसकेपछि सुरक्षित राख्नुपर्ने हुन्छ । तर त्यो च्यातिएको अवस्थामा मतगणनास्थल बाहिर भेटिनु ।

– मतगणनास्थलमा मतगणना हुनु पहिले नै सीसी क्यामेरा जडान गर्न माग गर्दा समेत मतदान अधिकृतले अस्वीकार गर्नु ।

– मतदान स्थलभित्र टेलिफोन लग्न पाइदैन । तर काँग्रेस कार्यकर्ताले मोबाइल प्रयोग गर्नु । मोबाइल प्रयोग गर्न रोक्नु पर्ने एमाले कार्यकर्ताको कुरा मतदान अधिकृतबाट वेवास्ता हुनु ।

– मतगणनास्थलमा अर्धकट्टीसहितको मत्रपत्र भेटिएपछि भगवती चौधरीद्वारा मतगणना स्थगित गरि उच्चस्तरीय छानबीन समिति गठन गर्न र मतदान अधिकृत परिवर्तन अस्ती सोमबार नै निर्वाचन कार्यालय सुनसरी मार्फत निर्वाचन आयोगमा निवेदन दिएपनि त्यसको सुनुवाई गर्नुको साटो मतगणनालाई अगाडि बढाएर मतपरिणाम घोषणा गर्नु ।

तपाइको खबर बाट/satikonline.com

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *