Loading...
देश जोगाउन सफल स्व. राजा महेन्द्रको ९७औ श्रद्धाञ्जली सभा बीरगंजमा मनाइयो

बीरगंज १ पुस ।
स्व.राजा महेन्द्रको ९७ औ श्रद्धाञ्जली सभा आज एक समारोहका बीच बीरगंजमा मनाइएको छ । बीरगंजको घण्टाघरमा राष्ट्रिय सरोकार मंच नेपाल नारायणीले आयोजना गरेको कार्यक्रममा सहभागीहरुले स्व.महेन्द्र शाहको तस्बिरमा माल्यार्पण गरेका थिए । माल्यार्पण गर्दै कार्यक्रमका प्रमुख अतिथी नेपाल राष्ट्रवाद संघका केन्द्रिय अध्यक्ष जनकलाल शाहले २०१७ सालमा स्व.महेन्द्रले चालेको कदम जस्तै पुर्व राजा ज्ञानेन्द्र शाहले कदम नचाले सम्म देश र जनताले निकास पाउन नसक्ने बताउनु भयो । सरोकार मंच नेपालका नारायणी अंचल संयोजक नन्दकिशोर गोयलले देशको यस्तो बिग्रिदो परिस्थितीमा देश जोगानका लागि महेन्द्र पथको अनुसरण गरेर देश जोगाउनुको अर्को बिकल्प नरेको ठोकुवा गर्नुभयो ।

सरोकार मंच नेपालका नारायणीका अंचल संयोजक नन्दकिशोर गोयलको अध्यक्षता भएको कार्यक्रममा राष्ट्रिय नागरिक संघर्ष समितीका जिल्ला अध्यक्ष दिना प्रसाद यादव, सरोकार मञ्चका जिल्ला अध्यक्ष रामअयोध्या प्रसाद कुर्मी, नगर अध्यक्ष उपेन्द्र चौरसिया, मञ्चका सचिव मकबुल मियाँ, प्रभात काब्य यात्राका संयोजक अरुणबिक्रम शाह, कमल घिमिरे लगातयकाले स्व.महेन्द्रको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धलाञ्जी अर्पण गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *