
संजय सहनी पुस ३ रौतहटकि चर्चित एवं सदरमुकाम गौर नगरपालिकाको मेयर पद्को प्रत्यासी समेत रहेकी महिला नेतृ अर्चना यादव संघिय समाजबादी पार्टीमा प्रवेश गरेकी छिन् ।
बिजय गच्छेदार नेतृत्वको फोरम लोकतान्त्रिक पार्टीबाट स्थानीय निकायको निर्वाचनमा गौर नगरपालिकाको मेयर पद्को लागि चुनाबि मैदानमा उत्रेकी तर
नेतृ यादव आवद्ध रहेकि फोरम लोकतान्त्रिक पार्टी नै पछिल्लो समय काङ्ग्रेसमा बिलय भएपछि उनी आज आइतबार राजबिराजमा आयोजित एक कार्यक्रमका बिच उपेन्द्र यादव नेतृत्वको फोरम नेपालमा प्रवेश गरेकी हुन् ।
यादव सङै पार्टी प्रवेश गर्न रौतहटको युवा नेता रबि यादव , मुस्लिम नेता अमरूल हक , युवा हरेन्द्र कुशवाहा, राजाराम केसरी, ऱौतहट उघोग वाणिज्य संघका सचिव रामाशंकर जयसवाल, मुस्लिम नेता अवास अंसारी सहितका दर्जनभन्दा बढी नेताहरू रहेका छन।
नवप्रबेशीहरु मध्ये धेरै जसो बितेको स्थानीय निकायका चुनावका उपमेयर देखि वार्ड अध्यक्षका लागि चुनावी मैदानमा उत्रिएका ब्यक्तीहरु हुन। नवप्रवेशिहरु लाइ
राष्ट्रीय अध्यक्ष उपेन्द्र यादव फुलमालाले स्वागत गरेका छन।
पार्टी प्रवेशको लागि मुख्य रूपमा रौतहट क्षेत्र न एकको खका बिधायक (प्रदेश सभा सदस्य )एवं पार्टीका केन्द्रिय सदस्य योगेन्द्र यादवको भुमिका रहेको पार्टी स्रोतले जानकारी दिएको छ।
Facebook Comments