Loading...
संबिधानमा हिन्दु राष्ट्र कायम नगरे राष्ट्रब्यापी रुपमा आन्दोलन गर्ने शाहको चेतावनी

बीरगंज ३ पुस ।
हिन्दु अधिराज्यको माग गर्दै आज बीरगंजमा र्याली निकालीएको छ । बीरगंजको घण्टाघरबाट निकालीएको र्याली माईस्थान, आदर्शनगर, अलखियामठ हुँदै पुनः घण्टाघरमा पुगी कोण सभामा परिणत भएको थियो । कोण सभामा बोल्दै वक्ताहरुले अब आउने नयाँ सरकारले संबिधानमा हिन्दु अधिराज्य कायम नगरे राष्ट ब्यापी रुपमा आन्दोलन जारी राख्ने कुरामा जोड दिएका छन । नेपाल राष्ट्रवाद संघका केन्द्रिय अध्यक्ष जनकलाल शाहको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्रवाद संघका जिल्ला अध्यक्ष संगिता साह, सरोकार मंच नेपालका नारायणीका अंचल संयोजक नन्दकिशोर गोयल, मञ्चका सचिव मकबुल मियाँ, नगर अध्यक्ष उपेन्द्र चौरसिया, जेष्ठ नागरिक संघका अध्यक्ष पशुपति बिक्रम शाह, उषा शाह, प्रभात काब्य यात्राका संयोजक अरुणबिक्रम शाह, गजेन्द्र देव ठकु, शिवशंकर साह लगायतको उपस्थिती रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *