
नरेन्द्र साह,रौतहट, ३ पौष। गौर चपुर सडक खण्डमा बसले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल दुर्घघटना भएको छ । घटनामा परि एक अवस्था चिन्ताजनक अरु दुई जना गम्भीर घाईते भएका छन् । बिरगंजबाट गौर तर्फ आउँदै गरेको ना ४ ख ६५४७ नंबरको महाकाली ट्राभल्स रौतहटको सुकदेव चौक नजिक आईतबार बेलुकी ७ः३० बजे गौरबाट गरुडा तर्फ गईरहेको बि आर ३० क्यू, ९७४३ नंबरको पैसन प्रो मोटरसाइकलमा ठक्कर दिदा चालकको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । घटनाबारे अन्य बिस्तृत बिवरण आउने बाँकी ।
Facebook Comments