Loading...
राजपाका नेताहरु एकले अर्काको अस्तित्व नस्वीकार्ने हुनाले तत्काल एकतागर्न सकिन्न- उपेन्द्र

काठमाडौं
पुस ३— स्पष्ट नीतिको अभाव र एकले अर्काको अस्तित्व स्वीकार्न नसक्ने भएको कारणले राष्ट्रिय जनतापार्टी राजपासँग तत्काल एकता सम्भव नरहेको संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले बताएका छन ।
प्रदेश र प्रतिनीधिसभा निर्वाचनमा चुनावी तालमेल गरेका मधेश केन्द्रीत दुई दलबीच एकीकरण हुने चर्चाका बीच अध्यक्ष यादवले बताएका थिए । अध्यक्ष यादवले राजपा अध्यक्ष मण्डलका नेताहरुमा एकले अर्काको अस्तित्व नस्वीकार्ने कुनै हालतमा नसकिने बताए ।
त्यस्तो पार्टीसंग कसरी एकता गर्नु । अर्काको अस्तित्व स्वीकार्ने र नीतिगत रुपमा स्पष्ट भएर आए एकताका लागि आफ्नो पार्टी तयार रहेको अध्यक्ष यादवले जानकारी दिए । अध्यक्ष यादवले संविधान संसोधनको मुद्दालाई फेरी उठाउने बताए । मधेशी दलहरु ताजा जनादेशसहित आएकाले जनताको म्याण्डेट अनुसार संविधान संशोधनका लागि पुन संघर्ष गर्ने अध्यक्ष यादवले भनेका थिए।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *