Loading...
वीरगंजलाई राजधानी बनाउन राजपा नेपाल र फोरम नेपालका नेताहरू सहमत

वीरगंज, ४ पुस/
वीरगंज महानगरपालिकाका मेयर विजयी सरावगीको आयोजनामा बारा र पर्साबाट प्रतिनिधि र प्रदेश सभामा विजयी उम्मेदवारहरूको स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा मधेस आन्दोलनमा उठेका मुद्दामध्ये एक वीरगंजलाई नै प्रदेश राजधानी बनाउनुपर्ने माग सम्बन्धमा आपूmहरू प्रतिबद्ध रहेको प्रदेशसभा सदस्यहरूले व्यक्त गरे ।
अन्य ठाउँभन्दा वीरगंजले एक छुट्टै पहिचान बनाएको र मधेस आन्दोलनको केन्द्र स्थलको रूपमा देशव्यापी चिनिएको ले जनताको माग अनुसार आपूmहरू अगाडि बढ्ने उनीहरूले बताए । राजधानीका लागि आवश्यक पूर्वाधारमध्ये सडक सञ्जाल, भौतिक संरचनासहित आर्थिक–सामाजिक दृष्टिकोणले वीरगंज बलियो रहेकोले वीरगंजलाई नै राजधानी बनाउन वातावरण तयार गर्ने उनीहरूको जिकिर थियो ।
कार्यक्रममा सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ उपाध्यक्ष लालबाबू राउत गद्दीले आफ्नो दलले मधेसको राजधानी बनाउन पहिला नै लिखित प्रतिवेदन बुझाएको बताउँदै अहिले केही दलहरूले सस्तो लोकप्रियताको लागि वीरगंजलाई राजधानी बनाउन घृणित खेल खेलिरहेको आरोप लगाए । अस्थायी राजधानी तोक्नको लागि नेपाली काङ्ग्रेस सरकारमा रहेको र आप्mनो दललाई दबाब दिन पर्साका काङ्ग्रेसी नेताहरूलाई उनले सुझाएका थिए ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रदीप यादवले शहीदको बलिदानबाट देशमा आएको सङ्घीयताको कारण आफुहरू निर्वाचित भएको बताउँदै उनीहरूको भावनालाई कहिले नबर्सिने बताए । अधूरो संविधान र विगतमा भएका सहमतिहरू कार्यान्वयनका लागि प्रतिनिधिसभामा दबाब दिने उनले विचार राखेका थिए ।
मेयर विजय सरावगीको सभापतित्वमा भएको कार्यक्रममा सभासद् हरिनारायण रौनियार, विमल श्रीवास्तव, प्रदेशसभा सदस्य प्रह्लाद गिरीलगायतले मन्तव्य राखेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *