Loading...
अमेरिकामा भाग्य खोज्न आएका नेपालीहरू रद्धिको टोकरी हुन, काम नलानेहरु हुन- राष्ट्रपति ट्रम्प

सुरुदेखि नै डीभी भिसाप्रति आक्रामक रहँदै आएका अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै एफबीआई एकेडेमीको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै भने, ‘तपाईंलाई लाग्छ, डीभी परेर आएका मानिसहरु ती देशका उत्तम मानिसहरु हुन् ? होइन, उनीहरु रद्दीको टोकरीमा मिल्काएकाहरु डीभी परेर अमेरिका आएका छन् ।’ त्यसो त ट्रम्पले डीभी परेर अमेरिका आउने आप्रवासीहरु खराबभन्दा खराब मानिसहरु रहेको र उनीहरु रद्दीको टोकरीबाट निकालिएका मान्छे भएको बताएका हुन् ।

अमेरिकाले हरेक वर्ष करिव ५० हजार आप्रवासीलाई डीभी चिठ्ठामार्फत् अमेरिका भित्राउँदै आएको छ । डीभी चिठ्ठा कार्यक्रम सुरु भएयता करिव ५५ हजार नेपाली यो कार्यक्रममार्फत् अमेरिका पुगेका छन् ।

“यस्तो बचन सुन्नु भन्दा आफ्नै देशमा खोले खाएर मर्नु ठिक ! देशकै राष्ट्रपति ले गल्लीको कुकुर भन्दा पनि तल्लो स्तरमा ब्याख्या गर्दा म अमेरिका छु भनेर के गर्व गर्नु ! हे भगवान मेरा छोराछोरी ले डिभी भर्ने कल्पना नगरुन !”

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *