
४ पुस, काठमाडौं । संघीय समाजवादी फोरम नेपाल का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी राष्ट्रियसभाको चुनाव एकल संक्रमणीय प्रणालीका आधारमा हुनुपर्ने पक्षमा रहेको बताएका छन् ।
अहिले संविधानको धारालाई लिएर विवाद बढे पछि उहाले भन्नु भयो-” संबिधान बनाउने बेलामा बिचार नगरी हात उठाउने भरमा संबिधान बनाएपछि यस्तै हुन्छ, हिजै संविधान बनाउने बेलामा विचार गर्नुपथ्र्यो । उनले कांग्रेस र एमालेतिर लक्षित गर्दै भने – मान्यजन हरुले हात उठाउने कानून बन्ने भएपछी पटक पटक समस्या आइरहेको छ ‘हिजो संविधान बनाउने बेलामा विचारै गरेनन् ।’
तर, ‘राष्ट्रियसभाको निर्वाचन संघीय कानूनअनुसार हुनेछ’ भनेर संविधानमा स्पष्ट उल्लेख गरिएकाले एकल संक्रमणीय निर्वाचन प्रणालीसहितको कानून बनाउन संविधानले कुनै बाधा नगर्ने नेता यादवले बताउनु भएको छ।
Facebook Comments