Loading...
यो थारुको बच्चोले सर्वाधिक उपप्रधानमन्त्री पड्काएर नेपालको इतिहाँस रचेको छ – गच्छदार

पुस ४, काठमाण्डौं । वर्तमान सरकारका उपप्रधान तथा संघिय मामिला मन्त्री विजय कुमार गच्छदारले अहिले सम्मकै सर्वाधिक पाँचौ पटकसम्म उपप्रधानमन्त्री खाने आफु नै पहिलो व्यक्ति भएको बताएका छन् । सोमबार राती राष्ट्रिय नाचघर जमलमा भएको मिष्टर एण्ड मिस थारु प्रतियोगिता कार्यक्रममा थारु जातीकै प्रतिनिधित्व गर्दै सो दाबी प्रस्तुत गरेका हुन् ।

कार्यक्रममा बोल्दै गच्छदारले आफु थारुको छोरा भएको र अर्कोमा नेपाल देशकै छोरा समेत रहेको बताएका छन् । उनले नेपालको इतिहासमा थारु समुदायबाट मात्र नभई समग्र समुदायबाटै सर्वाधिक धेरै उपप्रधानमन्त्री खाने व्यक्ति आफुमात्रै भएको बताएका थिए । उनले थारुको मात्र नभई सिग्गो ब्रामण्ड क्षेत्री समुदायकै प्रतिनिधित्व आफुले गरेको जिकिर गरेका छन् ।
देश विकासमा राजनीतिको महत्वपूर्ण भूमिका रहने औंल्याउदै उनले नव युवाहरुमा बुझेर मात्र राजनीतिमा प्रवेश गर्न आग्रह गरेका थिए । कार्यक्रममा बोल्दै उनले युवा पुस्तालाई राजनीति गर्न भन्दा पनि बुझ्न आग्रह गरेका छन् ।
नेपालको राजनितिक तथा सामाजिक विकासका विविध परिर्वतनका मुद्दाहरुमा महत्वपूर्ण स्थानमा उभिने गरेको थारु समुदाय आफ्नो सामुदायीक विकासमा भने सधै पडाडी परेको छ । राज्यले थारु जातीको कला संस्कृती र मुल्य मान्यताको लागि उचित ध्यान दिनु पर्ने भनाई राख्दै उनले समुलायको तर्फबाट मिष्टर एण्ड मिस थारु २०७४ जस्तो महत्वपूर्ण प्रतियोगिताको आयोजना गरेकोमा सबै थारु समुदायलाई धन्यवाद दिएका छन् । यस्ता प्रतियोगिताहरुले लुकेर रहेको थारु समुदायको कला संस्कृती र मुल्य मान्यताहरुको उजागर गर्ने विश्वास समेत व्यक्त गरेका थिए ।

ग्रेस खबर

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *