Loading...
सत्ताकालागि होइन मधेसीप्रतिको दृष्टिकोणमा परिवर्तनकालागि बामले जितेको छ- उपेन्द्र

एमाले अध्यक्ष केपी ओलीसँग शनिबार गरेको भेटवार्तामा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्ता सञ्चालनका लागि मात्र वाम गठबन्धनले जनादेश पाएको नभएर मधेस र मधेसीप्रति एमालेको दृष्टिकोणमा परिवर्तनको अपेक्षा गरेको बताएका थिए ।

उनले स्थानीय, प्रदेश र संघीय निर्वाचनको परिणामपछि संक्रमणकाल अन्त्य भएको सन्देशका रूपमा एमालेले अरु दललाई हेर्ने दृष्टिकोणमै परिवर्तन आवश्यक रहेकोमा जोड दिएको संघीय फोरम स्रोतले बतायो । उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘ओलीजी ताजा जानदेशको सम्मानका लागि पनि संविधान संशोधनमा जानुहोस् । संशोधनले देशका अनेकौं ‘डेडलक’ले निकास पाउने छन् । यसको एउटा प्रत्यक्ष उदाहरण अहिले अवरुद्ध राष्ट्रियसभा निर्वाचन अध्यादेश नै पर्याप्त छ ।’

संघीय फोरमका वरिष्ठ नेता अशोक राईले जनताको ताजा जनादेशले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको जिम्मेवारी सुम्पिएको अवस्थामा ओली र यादवबीच भेट हुनु स्वाभाविक रहेको बताए । ‘ताजा जनादेशले पाँचवटा दललाई विशेष जिम्मेवारी दिएकाले उनीहरूको सहमतिमा देश अघि बढ्नु पर्छ’, उनले भने, ‘सत्तामा बस्ने मात्र नभएर प्रतिपक्षमा बस्ने पनि सत्ताकै अंग हुने हुँंदा एमाले अध्यक्षसँगको भेटलाई सत्ता भागबण्डाका रूपमा नबुझौं । संघीय फोरम अहिले सत्तामा जाँंदैन ।’

annapurnapost.com

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *