Loading...
गौरमा नागरिक समाजप्रति पुर्वअध्यक्ष शम्भु साहद्वारा कडा आपति, यस्तो छ घटना

नरेन्द्र साह,रौतहट, पुस १० । रौतहटको सदरमुकाम गौरमा अवस्थित श्री जुद्ध उच्च माध्यमिक विद्यालयका निवर्तमान अध्यक्ष शम्भु साहले आईतवार विद्यालयको शिक्षक माथि भएको दुव्र्यावहार प्रति आपति प्रकटगर्नुभएका छन् । एउटा गैर जिम्मेवार संस्थाले जु मा विद्यालय परिसर भित्र शिक्षकको मान सम्मानमाथि आँच पुर्याउने कार्य गरेको महसुस गर्दै यस कार्यमा सम्मिलित जो कोहीलाई कानुनी दायरामा ल्याई आवश्यक कार्यवाही गर्न सम्बधिन्त निकायसंग साहले मांग पनि गर्नुभएको छ । केही शिक्षकहरुको आडमा पुरै शिक्षकलाई नै बदनाम गर्ने नियतले गैर जिम्मेवार पक्षबाट भएको यो कार्यले कर्तव्यनिष्ठ शिक्षकगणको मर्यादा धमिल पार्ने ठहर गर्दै उनीहरुलाई अनुगमनको अधिकार दिने पक्षले यो घटनाको जिम्मेवारी लिदै पिडित शिक्षकहरुसंग माफी माग्न समेत मांग गरेका हुन् । साथै साहले शिक्षकहरुको चित नबुझाए विद्यालयको पठनपाठन अवरुद्ध हुन गएमा यसको दोषी स्वम हुनेछ भनि अवगत गराएका छन् । शिक्षाको स्तर बृद्धिको लागि सम्बधिन्त पक्षले अनुगमण गर्न आवश्यक देखिएपनि त्यसको लागि आवश्यक निती र अनुसासनको पालन गर्नु पनि त्यतीकै आवश्यक रहेको छ भनि बताउदै साहले राजनितिकमा सकृय भुमिका खेल्ने तथा आफ्नो गरिमाको कदर नगरी आफ्नो कार्यक्षेत्रलाई अवहेलना गर्दै हिडने शिक्षकहरुमाथि निगरानी संगै आवश्यक कार्यवाही हुनै पर्छ । तर त्यस्ता केही पात्रको आडमा प्रतिष्ठित तथा कर्तव्यनिष्ठ शिक्षकहरुको मान सम्मान खस्काउने नौटंकी बन्द गरिनु पर्ने भन्दै जोरदार माग गरेका छन् । स्मरणियहोस् कि बितेको आइतवार नागरिक समाज नेपाल रौतहटका अध्यक्ष जगन्नाथ प्रसाद केसरीको नेतृत्वमा विद्यालयमा गएका समाजका सदस्यहरुले शिक्षकहरुको हाजिरी रजिस्टर आफ्नो कवजामा लिएर हाजिरी गर्नवाट बंचित गरी प्राध्यानध्यापक बैजनाथ प्रसाद साह माथि अपशव्द प्रयोग गरेपछि शिक्षकहरु आक्रोशित भई अध्यन अध्यापन कार्य बन्द गरेका हुन । विहान साढ़े नौ बजेको समयमा पुगेका नागरिक अगुवाहरुले हाजिरी रजिस्टर नियंत्रणमा लिएर १० बजे विद्यालय पुगेका शिक्षक शिक्षिकालाइ हाजिरी गर्न नदिएको विद्यालयले जनाएको छ । नागरिक समाजका अगुवाहरुले आफ्नो अधिकारको दुरूपयोग गरेको शिक्षकहरुको आरोप रहेको छ । विद्यालय अनुगमन गर्न गएका नागरिक समाजका अगुवाले प्राध्यानध्यापक साहलाइ धमकी दिएपछि विद्यालयमा अध्यनरत विद्यार्थीहरु समेत आक्रोशित भई कुटपिट गर्न खोज्दा टोली विद्यालयवाट भागेको बुझिएको छ । आफ्नो अधिकार के हो नबुझ्ने र विद्यालयमा आएर शिक्षक कर्मचारी ऊपर तथानाम प्रयोग गर्ने कार्य निंदनीय भएको सामूहिक रुपमा शिक्षकहरुले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । समयमा विद्यालय आए पनि नागरिक समाजका व्यक्तिले हाजिरी रजिस्टर नियंत्रणमा लिएर हाजिरी गर्न नदिनु पेशागत मर्यादा स्वाभिमान र सम्मान माथि कुठाराघात भएको शिक्षकहरुको ठहर रहेको छ । शिक्षकहरु माथि भएको दुर्व्यवहार , आपत्तिजनक व्यव्हार दोहरियो भने कड़ा कदम चालन बाध्य हुने विज्ञप्ति मार्फत चेतावनी दिएका छन । शिक्षकहरुले नागरीक समाजका सभापति केशरीले माफी नमागे सम्म विद्यालयको पठनपाठन ठप्प राख्ने घोषणा गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *