Loading...
फोरम नेपालको केन्द्रीय कार्यालयमा नेता कार्यकर्ताको थामिनसक्नु भीड, किन लाग्छ भिड ?

काठमाडौं । प्रतिनिधि र प्रदेश सभाको निर्वाचनबाट राष्ट्रिय दलको मान्यता पाउन सफल संघीय समाजवादी फोरम नेपालको केन्द्रीय पार्टी कार्यालय तीनकुनेमा यतिबेला नेता कार्यकर्ताको बाक्लो भीड लाग्ने गरेको छ ।
पाँचौं ठूलो दल बनेको फोरम नेपालको केन्द्रीय कार्यालय नेता कार्यकर्ताको उपस्थितिले दिनभरी जसो थामिनक्नु भीड हुने गरेको छ । कार्यकर्ताहरुको भीडभाड केन्द्रीय पार्टी कार्यालयमाकार्यकर्ताहरुको भीडभाड ह्वात्तै बढेपछि पार्टी अध्यक्षसँग भेटघाटको समय मिलाउन पनिहम्मे परिरहेको देख्न सकिन्छ ।
पार्टी कार्यालयदेखि नजिकको सडक र चियापसलसम्म नेता तथा कार्यकर्ताको उपस्थितिले फोरम नेपालको कार्यालयमा आज भोली बेग्लै रौनक देख्न सकिन्छ । कुनै अवसर नपाएर पनि संगठनमा दिनरात खटिने कार्यकर्तादेखि अवसर मात्रका लागि केही समय अघि मात्रै पार्टी प्रवेश गरेर ठूलै पद हत्याउने प्रलोभनमा रहेका कार्यकर्ताको लविङ रोचक छ ।
प्रतिनिधि र प्रदेश सभा सदस्यको समानुपातिक सूचि तयार भइरहेकोले उम्मेदबार स्वयं र तिनका समर्थकहरुको भीडले पार्टी कार्यालय अचेल भरिभराऊ हुन्छ ।
संघीय समाजवादीफोरम नेपालभित्र समानुपातिक उम्मेदबारको चयनअझै भइसकेको छैन । जसले गर्दा सूचिमा रहेकाआकांक्षीउम्मेदबार र तिनका समर्थकहरुले सांसद एवं विधायकबन्न टोली समेत खटाएको पाइएको छ ।
प्रदेश नम्बर दुईमा भारी बहुमतल्याएर मुख्यमन्त्रीको दाबेदार बनेको फोरम नेपालभित्र भावी मुख्यमन्त्रीको हुने भन्ने बिषयमा पनि बाक्लै छलफल र बहस हुनथालेको छ । मुख्यमन्त्री, सांसद र विधायककाआकांक्षीउम्मेदबारहरुले आ–आफ्नै ढंगले केन्द्रीय नेतृत्वलाई दबाबदिने कसरतमा जुटेका छन् ।
चुनावपछि घरदैलो सकाएर फोरम नेपाल सम्बद्ध प्रायःसमानुपातिक उम्मेदबारका आकांक्षी नेताहरु काठमाडौंउक्लिएका छन् । मुख्यरुपले प्रदेश नं. २ को समानुपातिकउम्मेदबारहरुको बाक्लै उपस्थिति देख्न सकिन्छ । केन्द्रीयर प्रदेश सरकारमा पार्टीको सहभागितालाई लिएर कार्यकर्ताहरुले आ–आफ्नो राय प्रस्तुतगरिरकेका छन् । केन्द्रीय नेताहरुले भने कार्यकर्ताको राय, सुझाव र गुनासाहरु सुन्दै सामूहिक निर्णयको आधारमा निर्णय गरिने आश्वासनदिने गरेको स्रोतले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *