Loading...
यस्तो खेल जुन खेल खेलेर अबको प्रधानमन्त्री उपेन्द्र यादव बन्न सक्ने सम्भावना बढ्यो

काठमाडौं
पुस ११ ।
एमाले र माओवादीबीच सरकार गठन र पार्टी एकताको विषयमा मतभेद गहिरिँदै जाँदा संघिय समाजवादी फोरम नेपाल भने निर्णायक भूमिका खेल्ने समय कुरिरहेको छ ।
पार्टी मुख्यालयमा यादवले एमालेसँग तिन चरण कुराकानी भइरहेको पुष्टि भएको छ। ‘एमालेसँग कुरा भइरहेको छ । हाम्रा केही मुद्दा पुरा गर्न एमाले तयार भएको फोरमका अध्यक्ष उपेन्द्र यादवले बताएका छन । वाम गठबन्धनले दुईतिहाइनजिक बहुमत पाए पनि सत्तारोहणमा संघीय फोरम निर्णायक देखिन थालेको छ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले १६ सांसद रहेको यही पार्टी देखाउँदै एक अर्कालाई दबाबमा राख्न खोजिरहेका छन् ।

ओलीले फोरम अध्यक्ष यादवसँग यसै विषयमा चरणबद्ध कुराकानी गरेको बालकोट र फोरम दुवै स्रोतले पुष्टि गरे । ओलीनिकट नेताहरूले भने संसद्मा नवनिर्वा्चित पाँच राष्ट्रिय पार्टीमध्ये जोकसैसँग छलफल हुनु स्वाभाविक रहेको बताए ।
‘ओली र यादवको शनिबारयता तीनपल्ट कुरा भइसक्यो, प्रचण्डले आलोपालो प्रधानमन्त्री मागेपछि उनीले असन्तुष्ट बन्नुभएको छ,’ स्रोतले भन्यो, ‘सरकार त एमाले–माओवादीकै बन्ला तर दुवै पार्टीले फोरमलाई देखाएर एकअर्कालाई साइजमा राख्न खोजेका समेत जानकारी दिए ।
२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा सरकार गठन गर्ने दलले १३७ सांसद संख्या र्पुयाउनुपर्छ । एमालेको १ सय २१ र फोरमको १६ जोड्दा ठ्याक्कै बहुमत अर्थात् १३७ पुग्छ । ओलीले माओवादी पक्षलाई यही संख्या देखाउँदै कार्यकारी पदमा आलोपालोसम्बन्धी अनावश्यक बखेडा गर्न नहुने, त्यसो गरिए विकल्प खोजिने चेतावनी दिएका छन् ।
यादवसँग उनको खुसामद त्यसैको नतिजा हो । ती नेताले आफूतिर एमाले(माओवादी नेताले रुचि देखाए भन्दैमा नहौसिन फोरम नेतालाई सुझाव पनि दिए । फोरमसँग तीन चरण कुरा गरेका ओलीले अर्को मधेसी दल राजपासँग भने सम्पर्क गरेका छैनन् । अब बन्ने संसद्मा राजपाको फोरमभन्दा एक सिट बढी अर्थात् १७ सांसद रहे पनि ओलीले ऊसँग सहकार्य गरे ‘इमेज बिग्रने’ भन्दै त्यो संख्यामा रुचि नदेखाएको उनका निकटस्थहरू बताउँछन् ।
उता, माओवादीले पनि चुनावी जितपछि एमालेबाट गठबन्धनको पूर्वसहमति लत्याउन खोजिएको भन्दै फोरमसहित, राजपा, कांग्रेससँग नयाँ सत्ता समीकरणमा जान सक्ने चेतावनी दिएको छ । अध्यक्ष दाहालले ओली र आफूमध्ये प्रत्येकले एक एक कार्यकारी पद सम्हाल्ने भद्र सहमति कार्यान्वयन गर्न सर्त तेस्र्याएका छन् । फोरमका १६ गरी १४९ सिटसंख्या र्पुयाउनुपर्ने हुन्छ । अध्यक्ष दाहालले यसअघि नै आफूलाई कांग्रेसबाट यही अंकगणितसहित प्रधानमन्त्री बन्न अफर आएको पनि खुलासा गरिसकेका छन् । पार्टी एकता अभियानका अर्का उत्प्रेरक माओवादी नेता जनार्दन शर्मा फोरमसँग छलफल हुनु अनौठो नभएको भन्दै एमाले(माओवादी एकतालाई त्यसले असर नपार्ने दाबी गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *