Loading...
केन्द्रिय नेताहरुदवारा माओवादी केन्द्रमा भाँडभैलो शुरु, महाधिवेशन गर्न माग (बिज्ञप्ति सहित)

काठमाडौँ । नेकपा एमालेसँग पार्टी एकताको अन्तिम तयारीमा रहेको माओवादी केन्द्रमा भाडभैलो भएको छ । एमालेसँगको एकता हुनु कता कता पार्टीका असन्तुस्ट केही नेताहरु छुट्टै समूह बनाइसकेका छन् ।

माओवादी केन्द्रका प्रभावशाली नेता गोपाल किरातीले आज छुट्टै समूह निर्माण गरेका छन् । उनले एक बिज्ञप्ति जारि गर्दै ‘महाधिवेशन समूह’ नाम दिएका छुटै समूह बनाएको जनाएका छन् । किरातीको उक्त समूहले पार्टीको आठौं महाधिवेशनको माग गरेको छ ।

मंगलबार भएको भेलाले किरातीको संयोजकत्वमा उक्त समूह गठन गरेको हो । पार्टी अध्यक्ष प्रचण्डसँग एमालेसँगको एकतालाई रोकेर पार्टीको आठौं महाधिवेशन गर्न माग गरेको छ । अन्तिमसम्म अन्तरपार्टी संघर्ष चलाउने तर आफ्नो माग पूरा नभएर माओवादी केन्द्र पुर्नगठन गर्ने भेलाले निष्कर्ष निकालेको छ ।

किराती दवारा जारि बिज्ञप्ति यस्तो रहेको छ :

 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
आठौं महाधिवेशन समुहको निर्णय

महान सर्वहारा अन्तर्राष्ट्रवादी गुरु माओ त्सेतुङको १२४ औं जन्म दिवसको अवसरमा आयोजित नेकपा (माओवादी केन्द्र)का विभिन्न तहमा कार्यरत कमरेडहरुको भेलाले माओप्रति उच्च श्रद्धा अर्पण गर्दै उहाँले देखाउनु भएको निरन्तर क्रान्तिको वैज्ञानिक बाटोमा अघि बढ्ने संकल्पसहित तत्काल पार्टी महाधिवेशन आयोजनाको माग गर्न यो ‘आठौं महाधिवेशन समुह’ निर्माण गरियो । पार्टी केन्द्रीय सचिवालय सदस्य क. गोपाल किरातीको अध्यक्षतामा सम्पन्न उक्त भेलाले निम्न निर्णयहरु गरेको छ ।

१. आठौं महाधिवेशन समुह सर्वहरावादी आन्दोलन र पहिचान आन्दोलनबीच समायोजनको विज्ञान माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शक सिद्धान्त र वैज्ञानिक समाजवाद स्थापनाको राजनीतिक कार्यदिशामा सहमत देशका सबै क्रान्तिकारी कम्युनिष्टहरुबीच दृढ एकता पक्षधर कमरेडहरुको समुह हो ।

२. हाम्रो समुह माओवादी क्रान्तिकारीहरुको स्वाभिमान रक्षा तथा महान जनयुद्धको उच्च सम्मान, आन्तरिक एकता र नयाँ आधारमा जनसम्बन्ध सुदृढिकरण गरि महान समाजवादी क्रान्तिमा अघि बढ्न आठौं पार्टी महाधिवेशन आयोजनाको पक्षमा अन्तसम्मै अन्तरपार्टी दुईलाईन संघर्ष गर्नेछ । तर, माओवाद र पहिचानको मुद्दा धरापमा पारेर कसैले हाम्रो पार्टीलाई दक्षिणपन्थमा विलय गर्दछ भने त्यससित सम्बध विच्छेद गरि आफ्नो सर्वहारावर्गीय स्वतन्त्रतामा पार्टी पुनर्गठन गरेर अघि बढ्न बाध्य हुनेछ ।

३. देशको विभिन्न तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरु सदन र सरकारको मोर्चामा सक्रिय हुनुपर्दछ । त्यस्तै सडक मोर्चालाई अझ प्रभावकारी तुल्याउन तत्काल पार्टी महाधिवेशन जरुरी छ । अतः पार्टी महाधिवेशन आयोजनाको पक्षमा सशक्त आवाज उठाउँदै गाउँ÷नगर, जिल्ला तथा प्रदेश सम्मेलन आयोजनाको माग गर्न हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र)का क्रान्तिकारी कमरेडहरु समक्ष आठौं महाधिवेशन समुह जोडदार आव्हान गर्दछ ।

४. संघीय गणतन्त्र नेपालको २ नं. प्रदेशमा मधेस सरकार बन्दैछ । त्यसको स्वागत तथा समर्थन गर्दै आठौं महाधिवेशन समुह सोही अनुरुप ताम्सालिङ सरकार, किरात सरकार, लिम्बुवान सरकार, कोचिला सरकार एवं तमुवान सरकार, मगरात सरकार, थरुवान सरकार, खसान सरकार आदि स्वायत्त राज्य सरकार स्थापना गर्न संविधान संशोधन– संयुक्त आन्दोलन निर्माणको आव्हान गर्दछ ।

५. राष्ट्रिय महाधिवेशन आयोजनाको माग गर्दै ०७४ मंसिर २२ गते पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुझाइएको पत्र यसैसाथ सार्वजनिक गर्दछौं ।

लालसलाम सहित !

गोपाल किराती
संयोजक, नेकपा (माओवादी केन्द्र)
आठौं महाधिवेशन समुह

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *