
मधेशी निजामति कर्मचारी मंचका केन्द्रिय पदाधिकारीहरुले संघीय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको जित आफ्नो जित भएको भन्दै बधाई तथा शुभकामना दिएका छन् । आज केन्द्रिय पार्टी कार्यालय तिनकुन्नेमा गएर मंचका पदाधिकारीहरुले शुभकामना दिएका हुन । त्यस अवशरमा त्यहा उपस्थित सप्तरी २ ख का बिजयी शैलेन्द्र साहलाइ समेत मंचका टोलिले बधाई दिएका थिए । भेटघाटमा फोरमका अध्यक्ष यादवले राज्यको हरेक निकायमा मधेशी जनजाति लगायतको पहुच नभएको भन्दै आउदो दिनमा ति सबै कुरामा आफ्नो पार्टीले ध्यान दिने बताउनु भएको मंचका महासचिब बेचन कुमार महतोले जानकारी दिनु भएको छ ।
बधाई तथा शुभकामना दिन मंचका अध्यक्ष भुवनेश्वर चौधरी, उपाध्यक्षहरु हबेन्द्र देव, बिनोद सिंह, महासचिब बेचन महतो, कोषध्यक्ष रिता यादव सचिब अनिल साह लगायत करिब २० जना केन्द्रिय पदाधिकारी तथा सदस्य पार्टी कार्यालय पुग्नु भएको थियो । अहिले केहि दिन देखि मंच का पदाधिकारी तथा सदस्य हरु मधेशी नेताहरुलाई बधाई तथा शुभ कामना दिने कार्यक्रम तिब्र पारेका छन् भने राजेन्द्र महतो, राजकिशोर महतो लगायतका नेताहरु समेत बधाई दिइसकेका छन् ।
Facebook Comments