Loading...
ठोरीलाइ अलग प्रदेशमा गाभ्ने प्रचण्ड र कार्यकर्तालाई वीरगन्जमा उभिन नदिने फोरमको चेतावनी

ठोरी गाउँपालिका प्रदेश ३ मा गाभ्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिविरुद्ध संघीय समाजवादी फोरम नेपालले आज वीरगन्जमा प्रदर्शन गरेको छ ।

ठोरीमा सोमबार भएको सभालाई सम्बोधन गर्दै दाहालले ठोरीलाई प्रदेश ३ मा गाभ्ने अभिव्यक्ति दिएका थिए ।

ठोरीलाई प्रदेश २ मा कायम राख्ने विषयले वीरगन्जको माहोल एक्काशी तातेको छ ।

वीरगन्जको घण्टाघर चोकमा आज अपराह्न आयोजित विरोधसभालाई सम्बोधन गर्दै फोरम नेपाल पर्साका उपाध्यक्ष सुन्दर कुर्मीले ठोरीलाई अलग गरेर अन्य जिल्लामा मिसाउन चाहनेको हात काटिदिने समेत चेतावनी समेतदिएका छन् ।

अध्यक्ष दाहालले आफुलाइ फेरि एक पटक मधेस विरोधी भएको पुष्टि गरेको बताए । अध्यक्ष दाहालले आफनो अभिव्यक्ति नसच्याए भोलिका दिनमा उनका पार्टीका नेता कार्यकर्तालाई वीरगन्जमा उभिन नदिने उनको भनाई थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *