
संघीय समाजबादी फोरम नेपाल देशकै पाचौ राष्ट्रिय पार्टी बनेपछि कांग्रेस, एमाले र माओबादी सहित अन्य पार्टीका नेता कार्यकर्ता फोरम नेपालमा भित्रिने तयारि गरेका छन् । नाम नखुलाउने सर्तमा एक जना नेताले जानकारी दिए अनुशार लिम्बुवानका ठूला ठूला पार्टीहरु फोरम नेपालसंग एकता र भित्रिने तयारी गरेका छन् । तर सरकार निर्माण र नेताहरुको व्यस्तताले गर्दा उनीहरु केहि दिन कुर्ने अबस्थामा छन् । त्यसै अन्तर्गत आज काठमाण्डौमा अबस्थित फोरम नेपालको केन्द्रिय कार्यालय तिनकुनेमा समेत आज पार्टी प्रवेश भएको छ । पार्टी सह-अध्यक्ष राजेन्द्र श्रेष्ठको उपस्थितमा सुशीला शिलवाल र डा.कमोद निराला संघीय समाजवादी फोरम नेपालमा पार्टी प्रवेश गर्नु भएको छ ।
Facebook Comments