Loading...
भाड्न लागिएको एमाले र माओबादीको पार्टी एकता हुने नै भयो, यस्तो छ नया पार्टीको नाम !

१३ पुस,काठमाडौँ । भाड्न नै लागिएको नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच नयाँ सरकार गठन हुनुअघि नै एकता हुने भएको छ । केपी ओली र माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबीच पाँच विषयमा छलफल भएको छ भने सरकार गठन र पार्टी एकता प्याकेजमै गर्ने सहमति भएको छ । एक माओवादी नेताका अनुसार दुवै पार्टीको एकतापछि नयाँ नाम जनसमाजवादी कम्युनिष्ट पार्टी हुने सम्भावना छ । यस्तोमा तत्कालका लागि ओली प्रधानमन्त्री हुँदा प्रचण्डले एकिकृत पार्टी चलाउनेछन् । संयोजन समितिमा ओली र दाहालसहित एमालेका माधवकुमार नेपाल, झलनाथ खनाल र ईश्वर पोखरेल तथा माओवादीका नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालगायतका नेता छन् । दुई नेताबीच एकीकरणपछिको नयाँ पार्टीको मार्गदर्शक सिद्धान्त, कार्यनीति, रणनीति तथा सांगठनिक संरचनाका बारेमा पनि छलफल भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *