
काठमाडौँ — राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालबीच तत्काल पार्टी एकता हुने दाबी गर्नु भएको छ । रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा बोल्दै नेता महतोले तत्काल फोरमसँग एकता प्रक्रिया सुरु गर्ने बताएकाछन् । ‘राजपा र फोरमबीच एकता हुन्छ, यसमा कुनै दुई मत छैन, कुरा मिलेको दिन एकता हुन्छ’, उहाले भन्नु भयो ‘अहिलेको जनमत पनि दुई वटा पार्टी एकताको लागि नै हो, एकता अहिले हाम्रो प्राथमिकतामा छ।’
उनले ६ वटा पार्टी मिलेर राजपा बनाएको उल्लेख गर्दै अब फोरमसँग पनि एकता हुनेमा शंका नगर्न आग्रह गरे । त्यस्तै २ नम्बर प्रदेशमा राजपा र फोरम गठबन्धनको सरकार बनाउने उहाको दाबी रहेको छ ।
Facebook Comments