Loading...
कान्तिपुरका कैलाश सिरोहियाले यसरी दिन्छन ब्यापारीलाई धम्कि ! धम्कि दिने यस्तो छ कारण

काठमाडौं
पुस १३-कान्तिपुर मिडिया गु्रपका सञ्चालक कैलाश सिरोहियाले व्यवसायी अजेयराज सुमार्गीलाई आफुले भनेबमोजिम नभएमा जे जस्तो कार्य गर्न पनि पछि नपर्ने भन्दै धम्की दिएका छन ।
कान्तिपुरका सञ्चालक कैलाशले आफुलाई सिध्याउन भनी धम्की दिएको व्यवसायी सुमार्गीले स्पष्ट पारेका छन । सिरोहियाले आफूसँग बार्गे्निङ गर्दै आएको र उनको त्यस्तो प्रस्ताव अस्वीकार गरेपछि आफूविरुद्ध मिडियाको दुरूपयोग गरेको सुमार्गीले पनि आरोप लगाएका छन्। दर्ता गरेको निवेदनमा कान्तिपुरका सञ्चालक कैलाशले आफूलाई बेचेको जग्गा पुरानै मूल्यमा फिर्ता गर्न नमानेपछि आफूविरुद्ध आधारहीन समाचार प्रकाशन तथा प्रसारण गरेको उल्लेख गरेका छन्। मुक्तिश्री सिमेन्ट इन्डष्ट्रिज प्रालिका अध्यक्षसमेत रहेका व्यवसायी सुमार्गीले बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा शान्ति सुरक्षाको माग गर्दै निवेदन दर्ता गराएका छन्।
व्यवसायी सुमार्गीले प्रशासनमा दिएको निवेदनमा आफ्नो सामाजिक तथा व्यावसायिक मान प्रतिष्ठामा क्षति र्पुयाउँदै आफू र आफ्नो परिवारविरुद्ध भौतिक आक्रमणसमेत गराउन सक्ने भन्दै आफू तथा आफ्नो व्यापार व्यवसायसमेतको सुरक्षा दिन अनुरोध गरेका छन्। २०७४ सालमा सुमार्गी अध्यक्ष रहेको मुक्तिश्री सिमेन्ट इन्ड्रष्ट्रिज प्रालिले कान्तिपुरका कैलाश र उनकी पत्नी स्वस्तिका शेयरधनी रहेको काठमाडौं मार्ट प्रालिका नाममा दर्ता भएको काठमाडौंको तीनकुनेस्थित जग्गा खरिद गरेको थियो । सो जग्गा ५ रोपनी ९ आना क्षेत्रफलको उक्त खरिद गरेको एक वर्षपछि कान्तिपुरका सञ्चालक कैलाशले सो जग्गा पुरानै मूल्यमा मागेको जिल्ला प्रशासनमा दर्ता गरिएको निवेदनमा उल्लेख छ।
निवेदनमा भनिएको छ( ’सोपश्चात निजले आफ्नो कान्तिपुर पब्लिकेसन्सअन्तर्गतका कान्तिपुर दैनिक, द काठमाडौं पोष्ट अंग्रेजी दैनिक र नेपाल साप्ताहिक तथा कान्तिपुर टेलिभिजन र रेडियो कान्तिपुरको माध्ययमबाट म, मेरा परिवार तथा मेरा कम्पनीहरूको विरुद्धमा विभिन्न किसिमले कपोलकल्पित आधारहीन समाचार संप्रेषण गरेको उनले बताए । व्यवसायी सुमार्गीले दिएको निवेदन दर्ता गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंलेले बुधबार नै जिल्ला प्रहरी कार्यालय काठमाडौंलाई आवश्यक कारवाहीका लागि पत्राचार गरिसकेको जनाइएको छ। सुमार्गीको लगानीमा हाल हिमालयन अनटप, इन्को प्यानल प्रालि, नेपाल स्याटलाइट, थाहा सञ्चार समूहलगायत एक दर्जनभन्दा बढी कम्पनी सञ्चालित छन्।

sunday khabar

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *