Loading...
रौतहटमा प्रहरी नै चोर ! प्रहरीकै मिलोमतोमा हुदैछ विभिन्न नाकाबाट खुल्याम तस्करी

नरेन्द्र साह।रौतहट।पुस १३। प्रदेश र प्रतिनिधि सभाको चुनाव सके बिगत्तै रौतहटमा तस्करी तिब्र रुप भैरहेको छ। रौतहट जिल्लास्थित भारतको बिहार बैरगनिया नाका र नेपालको रौतहट नाकाबाट अवैधरुपमा भारतीय सामाग्रीहरुको तस्करीमा बृद्धि भएको देखिएकोछ । रौतहट जिल्लास्थित पुर्व देखि पश्चिम रौतहटको लक्ष्मीपुर बेलबिक्षवा,महादेवपट्टी,गौर भन्सार र गौर भन्सारको पुर्व पट्टी खुल्ला नाका,औरैया,रामपुर खाप, बंकुल, नाकाबाट लाखौंको सामग्रीहरु दिनहु भारतीय सामग्रीहरुको तस्करीका तिब्र रुप लिएकोछ। भन्सार छलेर ल्याइने यस्ता भारतीय सामग्रीहरुमा चिनी, तेल, चामल, मलखाद्य, रजनिगन्धा गुटका, स्पेयर पार्टस्, कस्मेटिक समान,चपल,रेडिमेडकपडा ,हार्डवेयरका समानहरुको तस्करी भई रहेका छन। भने नेपालबाट सुपारी, ईलाईची, लङ्ग,गोलमरिच, चाईनिज बेडसिट, चाईनिज लताकपडा लगायतका समानहरु तस्करी भईरहेका छन। तस्करहरुले दिनहुँ खुलेआम भारतीय सामग्रीहरु अवैध रुपमा नेपाल भित्र्याउने गरेका छन् ।भने नेपाली समानहरु पनि भारतमा मित्र्याउने गरेका छन। नाकाहरुमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भन्सारकार्यालयका कर्मचारीहरु तैनाथ रहेपनि तस्करी कार्य नियन्त्रणमा आउन सकेको छैन ।भने सुरक्षाकर्मी तथा भन्सार कर्मचारीकै मिलेमतोमा यस नाकाहरुबाट तस्करी हुदैछन।भने तस्करहरुले रौतहटका शस्त्र प्रहरी र नेपाल प्रहरीका घुमुवाहरुलाई मिलाई रौतहटका चर्चित तस्करहरुले तस्करी गर्नमा तिब्र रुप देखाएका छन। अहिले सम्म तस्करी नियन्त्रण न भएको कारणले प्रहरी प्रमुख कै कुरालाई अटेरी गर्दै अहिलेका चौकीका ईन्चार्ज र डिउटी गर्ने सुरक्षाकर्मीको हाथ रहेको अनुमान लागेका छन। यसबाट नेपाल सरकारलाई प्राप्त हुने करोडौ रुपैयाको सरकारी राजस्व चुहावट भइरहेका छन। भने सरकारी राजस्व चुहावट हुदा पनि सम्बन्धित निकाय किन मौन बसेको प्रशन उठेकाछन।यस बिषयमा भन्दा एउटा सुरक्षाकर्मीले फोन गरि म पछाडि किन लागेको र अभद्र ब्यवहार जस्तो म संग कुरा गरेको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *