Loading...
मिर्चैया व्रह्मचारी दामोदरानन्द कलेजको व्यवस्थापन समितिको अध्यक्षमा जितेन्द्र साह चयन

मिर्चैया न.पा ५ स्थित त्रिभुवन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त व्रह्मचारी दामोदरानन्द कलेजको व्यवस्थापन समितिको चयन सर्व सहमतिवाट भएको छ । विगत केहि दिनयता विद्यार्थिहरुले क्याम्स चिफ र व्यवस्थापन समिति विरुद्ध गैर शैक्षिक क्रियाकलाप हरु गरि रहेको भन्दै कलेजमा ताला लगाउने पठन पाठन अवरुद्ध गर्ने गर्दा पनि क्याम्पस चिफ संजय साह द्धारा कुनै निष्कर्ष ननिकालिएपछि स्थानीय हरुको पहलमा मिर्चैया नगरपालीका का मेयर श्रवण कुमार यादवको सक्रियतामा आम भेला गराई उक्त कलेजको नयाँ व्यवस्थापन समिति चयन गर्ने वातावरण वनाई मिती २०७४ पुष १३ गते को आम भेलावाट । युवा लगनशिल कर्मशील जितेन्द्र साहको अध्यक्षतामा ११ सदस्यिय समिति चयन गरी कलेजको नयाँ रुप तयार गर्ने र आर्थिक अनियमितताको छनविन समेत गरी समाजलाई जानकारी गराउने जिम्मा दिदै शैक्षिक गुणस्तर उकास्ने जिम्मा पाएको छ । उक्त सम्पुर्ण अवस्थाको जानकारी श्याम ठाकुरले गराउनु भएको छ ।
अध्यक्ष जितेन्द्र साह सदस्यहरु दिपनारायण यादव, राम पुकार कापर, प्रदिप साह, हजारी राय, अरुण सहनि, राम नारायण साह, रामेश्वर यादव, विजछ साह, विरेन्द्र यादव एकजना कलेको तर्पmवाट हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *