
बीरगंज १४ पुस ।
नेपाल राष्ट्रबाद संघले आज स्वर्गीय राजा बीरेन्द्र शाहको ७३ औ जन्मजयन्ती एक समारोहका बीच बीरगंजमा पनि मनाएको छ । संघले वीरगंजको प्रतिमा चोकमा रहेको स्वर्गीय राजा बीरेन्द्रको शालिकमा माल्यार्पण गरेको छ । नेपाल राष्ट्रबाद संघका केन्द्रिय अध्यक्ष जनकलाल शाहको अध्यक्षतामा भएको कार्यक्रममा जेष्ठ नागरिक संघका पर्साका अध्यक्ष पशुपति बिक्रम शाह, समाजसेवी उषा शाह, नेपाल पत्रकार महासंघ पर्साका पूर्व उपाध्यक्ष ध्रुव साह, नेपाल बिद्धवत परिषदका जिल्ला अध्यक्ष रामनारायण साह, बिश्व हिन्दु महासंघका केन्द्रिय सदस्य पृथ्बी झा, संतोश गुप्ता, उमाशंकर साह, शिवशंकर साह, राजेन्द्र पाल, सौकत अली, सरोकार मंच नेपाल नारायणीका उपाध्यक्ष प्रणय कुमार, मञ्चका सचिव मकबुल मियाँ, नगर अध्यक्ष उपेन्द्र चौरसिया, सुनिल यादव, बलीमहतो धानुक लगायतले स्वर्गीय राजा बीरेन्द्र शाहको जिवनीका बारेमा चर्चा गरेका थिए । यसैगरी अरुण झाको नेतृत्वमा नेपाल भारत हिन्दु एकता मंच पर्साले पनि स्वर्गीय राजा बीरेन्द्रको शालिकमा माल्यार्पण गरेको छ । यसैगरी देशभक्त राजभक्त सेवक समुह पर्साले पनि स्वर्गीय राजा बीरेन्द्रको शालिकमा माल्यार्पण गरेको छ । सेवक समुह पर्साका अध्यक्ष पशुपति रौनियारको अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न ब्यक्तहरुको उल्लेखनिय उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण प्रभात काब्य यात्राका संयोजक अरुणबिक्रम शाहले गर्नु भएको थियो ।
बुवा महेन्द्र तथा आमा ईन्द्र राज्यलक्ष्मीदेवी शाहको कोखबाट वीरेन्द्रको जन्म २००२ साल पुस १४ गते भएको थियो । तत्कालिन राजा वीरेन्द्रले २०४६ सालको जनआन्दोलन पछि प्रजातन्त्रको पुनर्बहाली गर्ने निर्णय गर्नुभएको थियो । त्यसपछि देशमा बहुदलीय व्यवस्था आएको थियो । नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्वसामु राखेर शान्तिवादी राजाको छवी बनाएका वीरेन्द्रलाई जनप्रेमी राजाका रुपमा पनि चिनिन्छ । शाहवंशका दशौं राजा विरेन्द्रको २०५८ साल जेठ १९ गते शुक्रबार नारायणहिटी हत्याकाण्डमा ज्यान गएको थियो । तत्कालिन राजा वीरेन्द्रसहित तत्कालिन रानी ऐश्वर्य युवराज, दिपेन्द्र अधिराजकुमार निराजन, अधिराज कुमारी श्रुति लगायतको हत्या भएको नारायणहिटी हत्याकाण्ड भने अझै रहस्यमय छ ।
Facebook Comments