Loading...
मधेशी कर्मचारी मंचदवारा राजपा केन्द्रिय कार्यालय तोडफोड, निर्णय सच्याउन २४घन्टे चेतावनी

प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७४ को अनुसुचि १६ बमोजिम समावेशी समुह अनुसार प्राथमिकता क्रमका आधारमा उम्मेदवार छनौट गरी पठाउन प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० को उपदफा ५ बमोजिम केन्द्रीय कार्यकारणी समिति वा सो सरहको समितिवाट निर्णय गरी ७ दिन भित्र पठाउन निर्वाचन आयोगको मिति २०७४।९।७, च.न. ८२ को पत्रानुसार राष्ट्रिय जनता पार्टीलाई जानकारी गराइएकोमा सो पार्टीले मिति २०७४ पौष १४ गते निर्वाचन आयोगमा वुझाएको प्रदेश सभा समानुपातिक उम्मेदवारहरुको सुची माथि नेपाल मधेशी निजामति कर्मचारी मञ्चको गम्भीर ध्यानाकर्षण भएको मंच ले जनाएको छ ।

प्रदेश नम्वर २ को सप्तरी जिल्ला, संसदिय क्षेत्र नं. २ अन्तरगत विधान सभा क्षेत्र नं. १ को तिलाठी कोईलारी गाँउ पालिका वडा नं. १, सकरपुरा निवासी तथा नेपाल मधेशी निजामति कर्मचारी मंच क पूर्ब अध्यक्ष विनोद कुमार सिंहलाई प्रदेश सभामा प्रत्यक्ष तर्फ नै उम्मेदवार वनाउने भनी राजपा नेपालले सेवावाट राजिनामा गर्न लगाए पछि पूर्ब अध्यक्ष सिंह कार्तिक ६ गते देखि सेवा निवृत भएर बसेका छन् । तर मधेश गठवन्धनको दलिय सौदावाजीका कारण प्रत्यक्ष तर्फ नभई सिंहलाई राजपाको तर्फवाट ६ वटै अध्यक्षले सर्व सम्मत रुपमा उपरोक्त वमोजिम प्रदेश सभा तर्फ समानुपातिक उम्मेदवारको रुपमा तय गरेको मंचले जनाएको छ ।
समानुपातिक प्रतिनिधित्वको समावेशी सिधान्त सम्वन्धी आफ्नो अर्जुन दृष्टीका साथ मधेशवादको आँधीमय यात्रामा अहोरात्र खटिने सम्पुर्ण मधेशी सरकारी कर्मचारीहरुको पथ प्रदर्शक, चमत्कारिक अभियन्ता तथा आशाका केन्द्र विन्दु मञ्चका तत्कालिन अध्यक्ष विनोद कुमार सिंहको प्रशंसनिय नेतृत्व तथा चिन्तनले गर्दा नै २०७३ सालमा सम्पन्न आधिकारिक ट्रेड युनियनको निर्वाचनमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट र नवलपरासी जस्तो लगायतका खाँट्टी मधेशका जिल्लाहरुमा सम्पुर्ण राज्य शक्तिको प्रयोगको वावजुद पनि मधेश मात्रको ऐतिहासिक झण्डा फहराउन सफल नेतृत्वको रुपमा स्थापित निवर्तमान अध्यक्ष तथा समानुपातिक सुचीमा समेत अल्पसंख्यकको क्लस्चरमा पहिलो प्राथमिकतामा रहेका विनोद कुमार सिंहलाई राजपाले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक सुचिमा नराख्नुले राजपाका शिर्ष नेतृत्व राजनैतिक रुपमा अपरिपक्व र आर्थिक पुर्वाग्रहीको पृष्ठपोषक रहेको मञ्चले ठहर गरेको छ ।
आक्रोशित मंच का पदाधिकारी तथा समर्थक हरुले राजपा नेपाल को केन्द्रिय कार्यालय मा प्रदर्शन तथा तोड फोड समेत गरेका छन् ।
राजपाले पौष १४ गते निर्वाचन आयोगमा वुझाएको प्रदेश सभा समानुपातिक उम्मेदवारहरुको सुचीमा तत्काल संसोधन गरी विनोद कुमार सिंहलाई समावेश गर्न मञ्च राजपा संग जोडदार माँग समेत गरेको छ । साथै मंचले माँगलाई २४ घन्टा भित्र सम्वोधन नगरिएमा उत्पन्न हुन सक्ने सम्पुर्ण गतिविधीको जिम्मेवार स्वयं पार्टी पक्तिं नै हुने समेत चेतावनी दिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *