
नरेन्द्र साह,रौतहट।पुस१४। रौतहटमा एकाएक चिसो बढेको कारणले गर्दा गौर नगरपालिकाका द्वारा सम्पुर्ण वडाहरु ३५ ठाउँमा अागो तापन स्वरुप काठ राखेर आगो व्यवस्था गरेको छ । निर्वाचनका बेला चिसोलाई चिसो नबुझि चुनावी मैदानमा व्यस्त रहेका देशबासीहरु निर्वाचन सके लगतै चिसोको मारमा परेका छन् ।चुनाव पछिको चिसो केही दिन पहिला कम भई १ हप्ता सम्म घाम लागेका थिए। घाम लाग्दा लाग्दै रौतहट सहित मध्यतराईका जिल्लाहरुमा एकाएक चिसो बढेको थियो । भने एक हप्ता देखि बिहानको समयमा चिसो बढी भएका कारणले गर्दा गौर नगरपालिकाका मेयर अजय गुप्ताको पहलमा चपुर जिल्ला बन कार्यालयबाट १.२ टेलर काठ लेअाई गौर नगरपालिकाको ३५ ठाउँमा अागो तापने गरि अाज बिहानै नगरपालिका ट्रेक्टर द्वरा चौक चौकमा काठ राखेको मेयर गप्ताले जनाएकोछ। चिसोले गर्दा बिहान ८ बजे सम्म अध्यारो भए पछि हिडडुल गर्न कठिनाई भईरहेको रौतहटबासीहरुको भनाई रहेको छ । उनीहरुका अनुसार देशमा चुनावी गर्मीका बेला त्यति जाडो अर्थात चिसो महसुस नगरि प्रचार प्रसारमा लागेकाथिए।तर अहिले चुनाव सके लगत्तै रौतहट सहित तराईका जिल्लाहरुमा दिन प्रतिदिन चिसोको चाँप बढ्दै गईरहेकोथियो। भने दुई दिन देखि दिनको १२ बजे देखि घाम लाग्दा दिनमा त्यति चिसो महसुस नहुने र अहिले बिहान र रातमा चिसो बढी लागि रहेको स्थानीय बासीहरुको भनाइछन। बाटोमा मान्छेहरुको भिड पनि कम देख्न थालेका छन।भने बिहान र बेलुकी चिसोले गर्दा चायको बिक्री वितरण बढी भएका छन।रौतहटको गाउ तथा सदरमुकाममा समेत बिहान अध्यारो देखिनु तथा विहान ९-१० वजे सम्म पनि अकाश नखुल्नु र विहान विहान चिसो चिसो हावा चल्दा हातखुट्टा कनकनाउनले काम धन्दा गर्न धेरै नै अफठेरो भई रहेको देखिएको छ ।
Facebook Comments