Loading...
राजपाले परिबारबादको राजनीति गरेको भन्दै कतै तोडफोड कतै आन्दोलन, कार्यकर्ता सडकमा

नरेन्द्र साह,रौतहट पुष १५ । राष्ट्रिय जनता पार्टि नेपालको तर्फबाट समानुपातिक सुचिमा अध्यक्ष मण्डलका सदस्य एवं रौतहट क्षेत्र नं.१ का सांसद अनिल झाको पत्नीलाई प्रदेश सभा सदस्यका लागि छनौट गर्ने निर्णयको बिरुद्धमा सदरमुकाम गौरमा टायर बाली प्रदर्शन शुरु भएको छ । बि.पि. चौकमा विद्यार्थी मञ्चका जिल्ला अध्यक्ष ओमप्रकाश साह मधेशियाको नेतृत्वमा जम्मा भएको सयकडौं विद्यार्थीहरुको टोलीले पार्टि र नेतृत्व बिरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।

झाले आफ्नो पत्नी डिम्पल झाको नाम समानुपातिक सुचिबाट छनौट गरी पठाएर पार्टिका बफादार कार्यकर्ता तथा शहिद परिवारलाई अवहेलना गरेको भन्दै र परिवारवादको खाटि राजनिति गरेको आरोप लगाउँदै आफूहरु डिम्पल झाको नाम सच्याउन आन्दोलनमा उत्रेको विद्यार्थी नेता साहल बताए । साहले डिम्पल झाको नामको सट्टामा सहिद परिवारबाट वा अन्य वफादार कार्यकर्ताको नाम हुनुपर्ने माँग पनि गरेको छ । विद्यार्थी नेताहरुको समानुपातिक सुचि तत्काल सच्याउन परिवादको राजनिति बन्द गर सहितको नाराबाजी पनि गरेका छन् ।उत्ता कर्मचारी मञ्चका एक अध्यक्षले राजेन्द्र महतोले आफ्नो छोरी अंजु कुमारीलाई समेत समानुपातिकबाट सांसद बनाएको भन्दै केन्द्रिय कार्यालयमा समेत तोडफोड गरेका थिए ।

पछिल्लो समय मधेश आन्दोलन र राजपा पार्टिमा लागेर मधेशी जनताको सेवा गर्नेलाई पाखा लगाएर सहिद र घाइतेलाई पाखा लगाएर पैसा र परिवारवादमा डुबेर अध्यक्ष मण्डलका सदस्य आफ्नै छोरी, पत्नी, सम्धीनि, साली र प्रेमिका र ठेकेदारलाई समानुपातिकबाट सांसद बनाउन थालेपछि पार्टिका वफादार कार्यकर्ता सहित मधेशी सहिद परिवार घाईते परिवार र जनता राष्ट्रिय जनता पार्टि प्रति निकै रुष्ठ र आक्रोशित बनेका छन् । विद्यार्थीहरुले आन्दोलन गरिरहदा जिल्लाका चर्चित नेताहरु पनि अप्रत्यक्ष रुपमा एक्यबद्धता जनाउँदै साथ दिइरहेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *