Loading...
माओवादी कार्यालयमै नेताहरुबीच लुगा च्यातिने गरि कुटाकुट, हितमान र झक्कु घाइते

काठमाडौं । नेकपा माओबादिले परिवारवादको राजनीति गरेपछि प्रदेशको समानुपातिक सुचिमा नेताको पत्नी, छोरी र आफन्तलाई पारेको भन्दै माओबादी केन्द्रमा एक अर्काबीच कुटाकुट भएको छ ।

माओबादी केन्द्रले प्रदेश सांसदमा ३ नम्बर प्रदेशमा पुर्व सहमति बिपरित आफ्नो नाम काटेर नेताहरुको पत्नी र छोरीको नाम पठाएको भन्दै ३ नम्बर प्रदेश ईन्चार्ज हितमान शाक्य र संयोजक झक्कु प्रसाद सुबेदी माथि हातपात भएपछी दुवै नेताहरु घाइते भएका छन् । माओबादी केन्द्र सिन्धुपाल्चोकका नेता हिमाल पराजुलीले दुई नेता माथि हातपात गरेका हुन ।

आफ्नो नाम काटेर प्रेस सेन्टरका नेता महेश्वर दाहालकी पत्नी सिता अधिकारी र झक्कु सुवेदीकी छोरी भावना सुवेदीको नाम समानुपातिक सुचीमा पठाएको भन्दै पराजुलीले उनीहरु माथि हातपात गरेको बताईएको छ l

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *