Loading...
साबधान ! आयो यस्तो पेन्टी जसले बलात्कारबाट बचाउछ र सिधा फोन डायल हुन्छ पुलिसलाई

काठमाडौं । अहिले बलात्कारको घटना दिनाहू दिन बढ्दै गएको समाचारहरु प्राप्त भैरहेको छ भने दिनाहुदीन बलात्कारका घटना बढ्दै गएका छन् यस्तो अबस्थामा भारतकी एक युवतीले यस्तो पेन्टी बनाएकी छिन्, जसले युवतीहरुलाई बलात्कारबाट बचाउन सक्छ। १९ वर्षकी सीनू कुमारी उत्तर प्रदेशको र्फरुखाबाद जिल्लाको एक निम्न मध्यमवर्गीय परिवारका हुन्।

उनले बनाएको ‘रेप प्रुफ पेन्टी’मा एक प्रकारको लग लागेको हुन्छ, जसले बलात्कारबाछ बचाउनसक्छ । ब्लेड प्रुफ कपडा प्रयोग गरिएको छ, जसलाई काट्न वा जलाउन सकिँदैन । साथै स्मार्ट लक, जीपीआरएस र एक रेकर्डर पनि छ। स्मार्ट कल पासवर्डले मात्र खुल्नेछ । सीनू भन्छिन्, ‘यसमा एउटा बटम छ, जसलाई थिच्नासाथ इमर्जेन्सी वा १० नम्बर डायल हुनेछ।’

उनका अनुसार पेन्टीमा राखिएको जीपीआरएसको मदतमा प्रहरीले लोकेसन पत्ता लगाउनेछ र रेकर्डरले आसपासमा जे भइरहेको छ, त्यसलाई रेकर्ड गर्नेछ। पुलिसका अलावा परिजमरका कुनै सदस्यको नम्बर सेट गर्न सकिन्छ ?

सीनू भन्छिन्, यो सेटिङमा भरपर्छ कि इमर्जेन्सीमा पहिला कसलाई कल गर्ने ? किनकी १०० र १०९० नम्बर सँधै सुरक्षाका लागि हुनेछ र पुलिस स्टेशन सबै ठाउँमा हुनेछ। त्यसैले यो नम्बर सेट गरिएको हो।’

यो बनाउन लगभग ४ हजार भारु खर्च भएको छ। आफैंले रिसर्ज गरेर पेन्टी बनाएको उनले बताएकी छिन् । सरकार वा कुनै कम्पनीले सहयोग गर्ने हो भने यसलाई अझ राम्रो बनाउन सकिने उनले बताएकी छन्।

nayapusta.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *