Loading...
७ दिनभित्र आत्मआलोचना पत्र केन्द्रिय समितिमा बुझाउन र सुध्रिन वाइसीयलको चेतावनी

वाइसीयल नेपालको यहि पुष १६ र १७ गते बसेको केन्द्रीय पदाधिकारीको विस्तारित बैठकले लिएका निर्णय यस्तो रहेको छ

–बैठकमा ७ वटै प्रदेशहरुका संयोजक तथा इन्चार्जहरुबाट सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्बाचनको समिक्षा तथा संगठनको कामकारवाहीबारे रिपोर्ट राख्ने काम भयो । निर्बाचनका क्रममा अहोरात्र खटेर बाम गठबन्धनलाई जिताउन भुमिका खेल्ने संगठनका नेता कार्यकर्तालाई केन्द्रिय पदाधिकारीले बधाई तथा धन्यवाद ज्ञापन गर्यो ।
–फागुन महिनाभित्र वडादेखि प्रदेशसम्मका सम्मेलनहरु सम्पन्न गर्ने निर्णय गरिएको छ ।
–संगठनका केन्द्रिय सचिव रंजित यादव, केन्द्रिय सदस्यहरु अनिल पासवान, गणेश राउतलाई २ नं. प्रदेशमा क्रमश इन्चार्ज, सहयन्चार्ज र संयोजक रहेर प्यारालाल प्रदेश समिति निर्माण गरेको र जिल्लाहरुमा पनि समानान्तार समितिहरु निर्माण गरेकोले संगठनको कुनैपनि जिम्मेवाीमा नरहने गरी निलम्बन गरिएको छ । साथै समानान्तर संगठन निर्माणमा सहभागी भएको केन्द्रिय सदस्यहरु दीपक पट्टेल, कमल न्यौपाने, रबि राम र अरुण कुमार यादवलाई ७ दिनभित्र आत्मआलोचनापत्र केन्द्रिय समितिमा बुझाउन र सुध्रिन चेतावनी दिने निर्णय भएको छ । ७ दिनभित्र आत्मआलोचना पत्र नबुझाए स्वत निलम्बन भएको ठहरिने निर्णय भएको छ । साथै संगठनका केन्द्रिय सदस्य इन्द्र कठायतलाई नेपाली कांग्रेससँग साँठगाँठ गरेका कारण साधारण सदस्यसमेत नरहने गरी निस्काषन गरिएको छ ।
–उत्पादन तथा स्वरोजगारबारे विभिन्न र ठोस निर्णयहरु गरिएका छन् । सम्पूर्ण संगठनको ध्यान मुलुकको सम्बृद्धि तथा स्वरोजगारमा केन्द्रित गर्ने निर्णय भएको छ । सो योजना अन्तर्गत यसअघि घोषणा गरिएको ६ महिनामा १ हजारलाई रोजगारीको कार्यक्रमलाई घनिभुत बनाउने समेत निर्णय भएको छ ।
–रोल्पाका शहिद परिवार मंगले दम्पत्तिको परिवारलाई पार्टी नेता वर्षमान पुनले आवासको व्यवस्था गरेकोमा संगठनले लत्ता कपडा र घरका लागी आवश्यक पर्ने सम्पूर्ण कपडाको व्यवस्था गर्ने निर्णय भएको छ । साथै वृद्ध दम्पतिलाई भरणपोषणमा सहयोग गर्ने निर्णय समेत भएको छ ।
–पार्टीलाई निम्न कुराहरु संगठनले सुझाव दिने निर्णय भएको छ ः
– पार्टी एकताबारे ः पार्टी एकतामा जनयुद्ध, जनभावना र क्रान्तिकारी स्प्रिडका आधारका मात्रै गर्नुपर्नेछ ।
–पार्टीले समान अवसर प्रदान गर्नका लागी निम्न कुराहरुमा ध्यान पुर्याउन र सुझाव दिन चाहन्छौंं ः समानुपातिक प्रणालीबाट संसदमा प्रतिनिधित्व जम्मा १ पटक, मन्त्रीमण्डलमा प्रतिनिधित्व जम्मा २ पटक, प्रत्यक्ष संसदमा चुनाव लड्ने जम्मा २ पटक र तेस्रोपटक लड्न इच्छुक रहे १ पटक होल्डमा बस्ने गरी वा यस्तै कुनै बैज्ञानिक नीति र विधिको विकास गर्न आग्रह गर्ने निर्णय भएको छ । (तर पार्टीको प्रमुख नेताको हकमा भने यस्तो व्यवस्थामाथि विचार गरिनुपर्नेछ । )
–साथै देशैभर रहेका स्थानिय तहमाबाट १÷१ जनालाई संगठनको केन्द्रिय योजनामा क्षमता अभिबृद्धि तथा सिपमुलक तालिम दिने निर्णय भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *