Loading...
एमालेका यस्तापनि वडा अध्यक्ष, बालुवा चोर्दै गर्दा गाउलेले समाते पछि…… हेर्न लायक बने दृश्य

रबिन्र्द यादव सुनवल, १९ पुस । सुनवल नगरपालिकाको एक वार्ड अध्यक्षको टयाक्टर तुरिया खोलाबाट बालुवा चोरी भाग्दै गर्दा गाउँलले टयाक्टरलाई समातेर प्रहरलाई बुझाएका छन् । सुनवल नगरपालिका २ स्थित तुरिया खोलाबाट टयाक्टरमा बालुवा लोड गरि भाग्दै गर्दा खुटहटका स्थानिय बासीले टयाक्टर समातेर ईलाका प्रहरी कार्यालय सुनवललाई बुझाएका हुन् । खोलामा ठेक्का नलाग्दै अवैध उत्खनन गरि खोलाबाट बालुवा चोरी भाग्दै गर्दा स्थानियले टयाक्टर समाती प्रहरीलाई बुझाई कार्वाहीको माग गरेका छन् । पक्राउ परेको उक्त टयाक्टर सुनवल नगरपालिका वार्ड नम्बर २ का वार्ड अध्यक्ष राजेन्द्र यादवको रहेको खुलेको छ । घरायसी प्रयोजनका लागि खोलाबाट बालुवा झिकेको स्थानियले आरोप लगाएपछि वार्ड अध्यक्षले, टयाक्टर मैले प्रयोग नगरेको भन्दै अर्काे व्यक्तिलाई टयाक्टर भाडामा दिएको सफाई दिए । अध्यक्ष यादवले भने, म बाहिर थिए मेरो टयाक्टर अरु कसैले प्रयोग गरेको छ मलाई यस विषयमा केहि थाहा छैन । प्रहरीको नियन्त्रणमा रहेको उक्त टयाक्टरको नम्बर पटक पटक प्रहरी संग माग गर्दा प्रहरीले दिन खोजेन । टयाक्टर खोलाबाट पक्राउ गरिएको होईन त्यसकारण यस विषयमा थप अनुसन्धान भैरहेकाले टयाक्टरको नम्बर र विवरण दिन नमिल्ने सुनवल प्रहरीले बहाना गरेको छ । सन्चार माध्यमलाई टयाक्टरको नम्बर नदिनु र विवरण लुकाउनु पक्कै यस घटनालाई लुकाउन खोजिएको यहाँका संचार माध्यमहरुको आरोप छ ।

फाइल फोटो

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *