Loading...
उपेन्द्रबाट प्रभावितभई जापानका ब्याबसायी, समाजसेवी, माओबादीका योद्धाहरू फोरममा प्रबेश

नेपालबाट जापानमा आएर लामो समयदेखी ब्यापार ब्याबसय गरेर बस्नुभएका प्रतीष्ठीत ब्याबसायी हरी चन्द्र लामा ,रामु अधिकारी र हरी थापा सहित दर्जनौ ब्याबासायीहरु नेपाली संघीय समाज जापानका अदक्ष्य पेम्बा शेर्पा ,माहसचीब सन्जीब राई र कान्तो क्षेत्रीय अदक्ष्य जलन राईको उपस्थितिमा टोकीयोको एक होटलमा चियापान तथा नयाबर्षको शुभकामना आदनप्रदान कार्यक्रममा संघीय समाजबादी फोरममा प्रबेश गरेका छन ।

ब्याबसायी लामा लामो समयदेखी NRNA जापानको केन्द्रीय कार्यसमिति लगयात दर्जनौ संघ संस्थामा नेतृत्वाकारी भुमीका खेल्दै आएका जापानबासी नेपाली समुदयहरु बिच एक चिपरिचित ब्याक्त्ती हुन भने अधिकारी र थापा नेपालमा लामो समय माओबादी आन्दोलनका होमीएका योध्दहरु हुन ।चियापान भेटघाट क्रममा हरिचन्द्र लामाले आफ्नो संक्षीप्त भनाई राख्दै माओबादी पुर्ण रुपमा संघीयत र परिवर्तन बिरोधि एमाले भईसकेकाले अब उनीहरुबाट नेपालमा परिवर्तन सम्भब नरहेको झीकीर गर्दै अब मुलुकका पिछाडा बर्गहरुको मुक्त्तीको आन्दोलन संघीय समाजबादी फोरम नेपालको नेतृत्वामा मात्रा सम्भब रहेकाले आफुहरु संघीय समाजबादी फोरम प्रबेश गरेको र जीबनको अन्तीम घडीसम्मा यही पार्टीमा रही उत्पिडीत जनताको पक्षमा लागिरहने प्रतीबध्दता जाहेर गर्नु भएको थियो भने अर्का ब्याबसायी रामु अधिकारीले आफुहरु संघिय समाजबादी फोरमको राजनैतीक दर्सन र नेताहरु अशोक राई र उपेन्द्र यादबको राजनैतीक कार्यशैलीहरुबाट प्रबाभित भई संघीय समाजबादी फोरम प्रबेश गरेको जानकारी गराऊदै आफुहरु कसैको उक्सावाट र बाध्यताले नभई पार्टीले अबलम्भन गरेको राजनैतिक मार्गप्रती पुर्ण रुपमा देशको सम्मृध्दी हुने आपेक्षा सहित अबको बाकी दीन समाजबादी फोरमलाई आर्थीक भौतीक लगयात सबै तवराबाट सहयोग गर्ना तयार भएको जानकारी गराऊदै आजैको मितिबाट समाजबादी फोरम प्रबेश गरेको जानकारी गराऊनुभएको थियो ।

लामा काभ्रे ,अधिकारी गुल्मी र थापा बाग्लुङ बासी हुन साथै उहाहरुले प्रबासमा रहेरपनि आफ्नो गृह जील्लामा भिबिन्न माध्यमबाट सहयोग गर्दै आऊनुभएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *