Loading...
प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा उपेन्द्र यादव अनुपस्थित, बैठक अब के हुन्छ ?

काठमाडौं। राष्ट्रिय सभा निर्वाचन लगायतका विषयमा सहमति खोज्न प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी भएनन् ।

प्रधानमन्त्री देउवाले राष्ट्रिय सभा सदस्य निर्वाचन, प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख नियुक्तिका विषयमा दलहरुसँग सहमति खोज्न बैठक बोलाएका थिए । तर, बालुवाटारमा जारी बैठकमा ओली र यादव सहभागी नभएका हुन् ।

केही दिनयता झाडापखालाबाट अस्वस्थ भएका एमाले अध्यक्ष केपी ओलीलाई घरमै आराम गर्न चिकित्सकले सुझाव दिएकाले ओली आजको बैठकमा सहभागि नभएको ओलीका प्रेश संयोजक चेतन अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार ओलीको स्वास्थ्य अवस्थामा भने क्रमशः सुधार भइरहेको छ । ओलीको अनुपस्थितिमा एमालेका भीम रावल, विष्णु पौडल र सुवासचन्द्र नेम्वाङले प्रतिनिधित्व गरेका छन् ।

त्यस्तै संघीय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादव पनि बैठकमा सहभागी छैनन् । यादव सप्तरीतर्फ गएकाले उनी पनि बैठकमा अनुपस्थित बनेका छन् । फोरमबाट अशोक राई लगायत नेता उपस्थित छन् ।

राजपाका तर्फबाट बैठकमा महन्त ठाकुर, अनिल झा लगायत सहभागी छन् भने माओवादीका अध्यक्ष प्रचण्ड, रामबहादुर थापा बादल लगायतका नेताहरु सहभागी छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *