
काठमाण्डौ पुस २० – संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उप्रेन्द्र यादवले अधिकारको लागि पार्टीले सरकारसंग लडाई लडिरहेको बताएका छन । प्रतिनीधी र प्रदेशसभाको निर्वाचनमा बिजेता भएका व्याक्तिहरुलाई फोरमको जिल्ला कार्य समिती सप्तरीले आयोजना गरेको सम्मान तथा बधाई कार्यक्रममा उनले यस्तो बताएका हुन ।
संविधान निर्माण गर्दा क्रटी गरेका पार्टीहरुले पनि अहिले आफनो गल्ती स्विकार गरिरहेको पनि उनले बताए । उनले भने “फोरम पार्टी अहिले जनताहरुको अधिकारको लागि सरकारसंग लडिरहेको छ” त्यसैगरी निर्वाचनमा भोट दिएर जिताएकोमा जनताहरुलाई धन्यवाद समेत उनले दिएका थिए । उनलाई त्यहा जनताहरुले स्वागत तथा सम्मान पनि गरेका थिए ।
कार्यक्रममा उनले स्थानिय जनताहरुको हितको लागि आफुले निन्तर काम गर्ने पनि आसोसन दिएका थिए । विकास गर्दा जनताको सल्लाह सुझाव लिएर मात्र काम गर्ने उनले बताएका थिए । फोरमका अध्यक्ष यादवले बिहिबार विहान सप्तरीको छिन्नामस्ता गाउपालिका र बेलुका पिलावी कोइराली गाउपालीकाका जनताहरुसंग भेटघाट गरेका थिए । उनले भेटघाट कार्यक्रममा विकासको बारेमा छलफल गरेको सप्तरी जिल्लाका फोरमका अध्यक्ष दिनेश यादवले जानकारी दिए।
Facebook Comments