Loading...
बलात्कारको अभियोग लागेको प्राविधिक सहायक शम्भु यादवलाई पर्सा प्रहरीद्वारा पक्राउ

नरेन्द्र साह,रौतहट, २० पुस,जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले रौतहटका एक कर्मचारीलाई बिहिवार पक्राउ गरेको छ । रौतहट जिल्ला ईशनाथ नगरपालिका औरैया घर भई ईशनाथ नगरपालिका कार्यालयमा कार्यरत प्राविधिक सहायक शम्भु यादव पर्सा जिल्ला बिरगंज महानगरपालिका वडा नं. ८ बाट बाटोमा हिडडुल गरिएको अवस्थामा पक्राउ परेका छन् ।

ईशनाथ नगरपालिका औरैया बस्ने वर्ष १४ को एक नावालिकालाई बलतकार गरेको आरोपमा प्रहरीले अनुसंन्धानको लागि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पिडित नावालिका तथा पिडित कि आमाले न्यायको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दर्ता गरेका थिए । पक्राउ परेका यादवलाई रौतहट प्रहरीलाई जिम्मा लगाउनु कुरा जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी तथा प्रवक्ता राजन लिम्बुले बताउनु भयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *